दुई मुखे सर्प तस्करी !

संरक्षित माछाको प्रजाति बिक्री गर्न हिड्ने प्रहरी नियन्त्रणमा

बाँकेको कोहलपुरमा दुई मुखे सर्प तस्करी गरी बिक्री हुन लागेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रण लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले नेपालगन्ज–२० राझाँबाट दुई मुखे सर्प सहित १ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रहरीले कोहलपुर ११ बाट संरक्षित माछापाको प्रजाति ८ हजार सहित थप ३ जनालाई मंगलबार नियन्त्रणमा लिएको जानकारी दिएको छ । बाँके प्रहरी प्रमुख ओम रानाले दुई मुखे सर्प करोडौं तस्करी हुने गरेको जानकारी पाएको बताए ।

बाँकेमा २०७५ साल पुसमा पनि दुई जनालाई एउटा दुई मुखे सर्प सहित नियन्त्रणमा लिएर वन डिभिजनलाई बुझाइएको थियो । भारतबाट उक्त सर्प ल्याए वापत मात्रै २० लाख रुपैयामा भएको मोलतोल नमिल्दा घटना प्रहरी समक्ष पुगेको थियो ।

भारतको राजस्थानस्थित थार मरभुमीमा सबैभन्दा धेरै दुई मुखे सर्प पाइन्छ । वैज्ञानिकहरुले यसलाई रेड बोआ सर्प नाम दिएका छन् । खाडी देशमा यो सर्पको सेवनले सबै किसीमका बिरामी निको हुने र सधै जवान देखिने विश्वास छ । खाडीका कतिपय मुलुकका मानिसहरु दुई मुखे सर्प खाँदा सदावहार भई यौन शक्ति बढ्ने विश्वास गर्छन् । यसलाई यौन शक्तिवद्र्धक औषधी मान्छन् । यही विश्वासका साथ त्यहाँका मानिसहरु यसलाई औषधिको रुपमा सेवन गर्दै आएका छन् । अन्य केही देशमा यसको सेवनले मानिसमा दैवीशक्ति प्राप्त भई भाग्य नै बदलिने विश्वास गर्छन् ।

त्यस्तै, प्रहरीले सोमबार बाँकेको जमुनाहबाट एक जनालाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । प्रहरीले कोहलपुर–५ रझेना बस्ने होम बहादुर सार्की १ ग्राम बरामद सुगर सहित फेला पारी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया