क्यान्सर अस्पतालमा उपचार उपकरणका लागि झण्डै ३० करोड

खजुरा स्थित सुशिल कोइराला प्रखर अस्पताललाई आफ्नो क्षमता अनुसार सञ्चालनका लागि खजुरा गाउँपालिकाले पहल अगाडि बढाएको छ । क्यान्सर अस्पतालले अहिले क्यान्सरको पहिचानदेखि उपचारको धेरै सेवा दिइरहेको छ । तर, अस्पताल अहिले पनि आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । त्यसैले अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले त्यसका लागि पहल अघि बढाएका छन् ।

अस्पताललाई फुल फेजमा सञ्चालनका लागि आवश्यक मेसिर एमआरआइर र लिनायक मेसिन संघीय सरकारसँग उपलब्ध गर्न खजुरा गाउँपालिका अध्यक्ष कक्षपति काठमाडौं पुगेका छन् । उनले अर्थमन्त्री विष्णु प्रसाद पौडेल लाई भेटेर अस्पतालका लागि आवश्यक एमआरआइर र लिनायक मेसिनका लागि बजेट सुनिश्चित गरेका छन् । अध्यक्ष कक्षपतिले अस्पतालका लागि आवश्यक मेसिनरीका लागि अर्थमन्त्रालयबाट २९ करोड ५० लाखको मेसिन सुनिश्चित गरेको जानकारी दिएका छन् । ‘बजेट सुनिश्चित भयो अब केही दिनमा स्वास्थ्य मन्त्रालय मार्फत उपकरण खरिदको प्रक्रिया अगाडि बढ्छ’, उनले भने । उक्त मेसिन क्यान्सरको सेकाइका लागि प्रयोग हुने गर्दछ । बजेट व्यवस्थापनका लागि खजुरा गाउँपालिकका अध्यक्ष कक्षतिले अर्थमन्त्रालय बजेट महाशाखा धनिराम शर्मा लगायतसँग भटेर मेसिनरीको टेण्डर प्रक्रिया समेत सुनिश्चित गरेका छन् ।

त्यस्तै, खजुरा गाउँपालिकाले खजुरामा औद्योगिक ग्राम र खेलकुद विकासका लाथि थप बजेट उपब्धताका लागि पनि पहल गरेको छ । अध्यक्ष कक्षपतिले उद्योग राज्यमन्त्री विमला विक र उद्योग विभागका महानिर्देशक जीवलाल भुषाललाई भेटेर आवश्यक बजेट उपलब्ध गराउन पहल गरेका छन् । खजुरामा पहिलो चरणमा औद्योगिक ग्राम र खेलकुदका लागि बजेट प्राप्त भैसकेको छ । थप बजेट उपलब्धताका लागि पालिकाले पहल गरेको हो ।

त्यस्तै, पालिकाले पालिका भवनका लागि विद्यालयको क्षेत्र लिने यसअघि निर्णय गरेको छ । साविक विद्यालयलाई अर्को विद्यालमा गाभिएको छ । तर, शिक्षा मन्त्रालयबाट निर्णय आवश्यक भएपछि पालिकाको टिमले शिक्षा मन्त्रालयमा पनि पदाधिकारीसँग भेटेर छिटो निर्णय दिन आग्रह गरेको छ । पालिका अध्यक्ष कक्षपतिले मन्त्रालयबाट निर्णय हुने वित्तिकै पालिकाको केन्द्रमा भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने जानकारी दिए । यसअघि खजुरलाई औद्योगिक ग्रामका लागि प्राप्त ९२ लाख र खेलकुदका लागि प्राप्त ५० लाख खर्च भैसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया