राप्तीपथमा टिप्पर रोक

जिल्ला प्रशासन कार्यालय बाँकेले राप्तीपथमा टिप्पर रोक लगाएको छ ।

२४सै घण्टा कुद्ने टिप्परले पानी जुहाउँदै जाँदा सडक बिग्रन थालेपछि प्रशासनले टिप्पर त्यो रुटमा सञ्चालनमा रोक लगाएको हो । सुरुमा पानी नचुहाउन निर्देश गरेको प्रशासनले अटेरी गरेपछि सो रुटमा टिप्पर हिड्न रोक लगाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले राप्तीपथमा चल्ने सयौं टिप्परका कारण सडक बिग्रने, अन्य यातायातका साधन र यात्रुलाई समस्या हुन थालेपछि अर्को निर्णय नहुँदा सम्मका लागि रोक लगाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया