देशभर काँग्रेसको वडास्तरीय विरोध प्रदर्शन

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध देशभरका वडामा विरोध प्रदर्शन गरेको छ । त्यसक्रममा बाँकेमा पनि वडास्तरीय विरोध कार्यक्रमहरु आयोजना गरिएको छ ।

प्रधानमन्त्री के पी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएकाले त्यसको विरोधमा देशव्यापी वडा स्तरमा विरोध कार्यक्रम गरिएको काँग्रेस नेताहरुले बताएका छन् ।

यसैबीच नेपालगन्ज–६ स्थित हडियाबाबा मन्दिर नजिकै काँग्रेसले विरोध र्याली तथा सभाको आयोजना गर्यो । विरोध कार्यक्रममा वडा तहका नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरुहरुले स्वतन्त्र न्यायपालिका माथि सरकारले दवाव दिन थालेको विषयमा गम्भिर चिन्ता ब्यक्त गरे ।

जिल्ला सदस्य रितु शाही,क्महाधिवेशन प्रतिनिधि प्रहलाद कार्की क्षेत्रीय सदस्य कपील पाठक, प्रेम विसी, महिला संघकी सुशिला कार्की,मुस्लिम अगुवा शाकिर शेष,प्रेस युनियनका बसन्त उपाध्याय र अगुवा पुर्ण प्रसाद जैसी लगाएतकाले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
ईकाई सभापति जमालुद्दिन वागवानको सभापतित्वमा सम्पन्न विरोध कार्यक्रममा लोकतन्त्र र संविधानको रक्षाका लागी एक जुट हुन सबैलाई आह्वान समेत गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया