बामदेवः यता न उता !

नेकपा अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन रोक्न देशव्यापी अभियान चलाउने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई ‘यता न उता’ भएर भ्रम छरिरहेको आरोप लगाएका छन् । केपी ओलीलाई पहिलो पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने व्यक्तिनै बामदेव गौतम भएको खुलस्त पारे

‘आज के भन्नु हुन्छ उहाँ ?,’ नेपालले बामदेवलाई आफुहरुसँगै देख्न चाहेको तर, एकताका पक्षमा छु भन्दै ओलीतिर लाग्न कार्यकर्तामा भ्रम छरिरहेको आरोप लगाए । बामदेव आफुसँगै गणतन्त्रको ज्वारभाटाका लागि लागेको स्मरण गरेका नेता नेपालले ओलीविरुद्धको लडाईंमा पनि आफुसँगै लाग्न आमन्त्रण गर्दै भने, ‘कम्युनिष्टको कुनैपनि चरित्र नभएको व्यक्ति भनेर किटान गर्ने बामदेव गौतमनै हुनुहन्थ्यो, प्रचण्ड होइन ।’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बामदेवलाई ढुलमुले चित्रण गरे । ‘गत बैशाख महिनामा भएको सचिवालय बैठकमा बामदेव गौतमले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग गर्ने नेता अहिले आएर किन ढुलमुले ? श्रेष्ठले भने, ‘यो ढुलमुले व्यवहारले गौतमलाई फेरि अप्ठेरोमा पार्नेछ । यसप्रति गौतमले सोच्नुपर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया