लोकप्रिय नेता यादवको अन्त्येष्टि

कोरोना संक्रमणका कारण निधन भएका बाँके राप्तीपारीका लोकप्रिय नेकपा नेता दिनेश चन्द्र यादवको शुक्रबार बाँकेको नरैनापुरमा अन्त्येष्टि गरिएको छ । उनको बुधबार राती निधन काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य यादव उनी नेकपा बाँकेका इञ्चार्ज समेत थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेतको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।

पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

नेता यादवलाई श्रद्धाञ्जली दिन उनको पार्थिव शरीर शुक्रबार अन्त्येष्टिका लागि नरैनापुर लग्नु अघि नेकपा बाँकेको पार्टी कार्यालयमा विहान ८ बजे राखिएको थियो । नेकपा डुडुवा गाउँपालिकाका अध्यक्ष सकिल खानले नरैनापुर गाउँपालिकामा नेता यादवको धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरेका जानकारी दिएका छन् ।

कोरोना संक्रमितको निधन पछि शव अत्येष्टि गर्ने छुट्टै मापदण्ड रहेको छ । जसमा भीडभाड हुन नदिने गरिएको छ । तर, लोकप्रिय नेता यादवलाई श्रद्धाञ्जली दिन नेकपा बाँकेको पार्टी कार्यालय र उनको घर नरैनापुर गाउँपालिकामा सयौंको भीड लागेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया