थारु वस्तीमा धुमधाम माघीको उत्सव

थारू समुदायको महान पर्व माघी थारू बस्तीमा धुमधामका साथ मनाइरहेका छन् । ३ दिनसम्म भव्यताका साथ यो पर्व मनाउने चलन अनुसार बाँके बर्दियाका थारू समुदायले हर्सोउल्लाससंग मनाइरहेका छन् ।

माघीलाई नयाँ वर्षका रूपमा मनाउने प्रचलन अनुसार थारू सम्मत २६४४ शुरु भएको छ । आफ्नो कला सस्कृतीको जगेर्ना गर्न विभिन्न कार्यक्रममार्फत प्रस्तुति भैहहेका छन् । यसपालि कोरोनाका मेला महोत्सव नभए पनि गाउँ गाउँमा साना कार्यक्रम भने भैरहेका छन् ।

बांकेका थारू अगुवा चन्द्रबहादुर थारू आजकै दिनदेखि नयाँ योजना बुन्ने बडघर चुन्ने र पुरानो कुराको समीक्षा गरेर अघि बढने बताउँछन् । थारू समुदायले आफ्नो परम्परा जोगाउन कला संस्कृति भेष भूषामा सजिने गरेको पाइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया