सार्वजनिक सावरी तथा सार्वजनिक स्थनमा महिला तथा किशोरी माथी दुव्र्यवहारको आरोपमा बाँके प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, मंगलबार ११ जनालाई पक्राउ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको हो । सार्वजनिक स्थानमा महिलामाथि अभद्र टिप्पणी गर्ने, जिस्काउने, गलत तरिकाले छुने लगायतका क्रियाकलाप गर्नेलाई प्रहरीले निगरानी गरी पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।
यसअघि प्रहरीले १५/१६ जनालाई नियन्त्रणमा लिइसकेको छ ।