नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
त्यसक्रममा नेपालगन्जमा पनि र्याली तथा सभा कार्यक्रमको आयोजना गरिएको छ ।
विपीचोकबाट सुरु भएको र्याली नगरका विभिन्न भाग परिक्रमा गरी वीरेन्द्रचोकमा पुगेको थियो ।
कार्यक्रमको वक्ताहरुले पृथ्वीनारायण शाहको योगदान, देशका लागि राजतन्त्रको आवश्यकताबारे बोलेका थिए ।




