बाँके : खच्चड पनि तस्करी, १० वटा नियन्त्रण

भैसी, खसी, बोका तस्करी हुँदै आएको बाँकेमा घोडा, खच्चड पनि तस्करी भएर आउने गरेको भेटिएको छ । खुला सीमानाको फाइदा उठाउँदै पशु वस्तु हिडाएर गाउँका भित्रीबाटो बाट तस्करी हुने गरेको छ ।


बाँके प्रहरीले शनिबार १० वटा खच्चड भन्सार छलेर ल्याएको फेला पारी नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको छ । उक्त खच्चडको मूल्य २ लाख ५० हजार अनुमान गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले नेपालगन्ज–१३ समशानघाट नजिकैबाट उक्त घोडा खच्चड नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया