कहाँ हराए गिद्ध ?

कुनै बेला नेपालगन्ज छेउछाउका जंगल, बस्तीमा मात्रै होइन नेपालगन्जमै पनि गिद्ध देखिन्थ्ये । मरेका पशु फालिएका ठाउँमा दर्जनौं गिद्ध आइपुग्दथे । तर, पछिल्ला दशकमा गिद्ध सहरमा गिद्ध देखिएका छैनन् । गाउँमा पनि गिद्ध विरलै दैखिन्छन् ।

गिद्ध प्रकृतीका कुचिकार मानिन्छन् । उनले मारेर खाँदैन, मरेको खाने हो । मरेका सिनो खाएर गिद्धले वरपरको वातावरण स्वच्छ राख्ने गिद्ध लोप हुनु जानुका धेरै कारणहरु रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गणेश बहादुर खड्का बताउँछन् । ‘डाइक्लोफेनेक औषधीको प्रयोग, बासस्थान र आहाराको कमी तथा गिद्ध जोगाउनु पर्छ भन्ने चेतना नहुँदा गिद्ध दुर्लभ हुँदै गएका हुन्’, उनी भन्छन् ।

राप्तीसोनारी गाउँपालिकामा दुई दशक अघिसम्म गिद्धको संख्या बाक्लो देखिने गरेको स्थानीय बताउँछन् । तर, आजकल गिद्ध नदेखिने गरेको सविन चौधरी बताउँछन् । ‘पहिले मरेको पशु जंगलमा लगेर फाल्थे र गिद्धले खान्थ्यो, आजकल कि त मर्न लागेपछि काटेर बेच्छन्, कि त खाल्टो खनेर गाडिदिन्छन्’, उनी भन्छन्, ‘जसले गर्दा गिद्धले खान पाउँदैनन् ।’

गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्धित हुन दिंदैनन् । तर, पछिल्लो समयमा यिनै प्रकृतीका कुचिकार मानिने गिद्धहरु लोप हुँदै गएका छन् । नेपालमा हाडफोर, सेतो, डंगर, लामो ठूँडे, सानो खैरे, हिमाली, खैरो, राज र सुन गिद्ध गरी जम्मा ९ प्रजातीका गिद्धहरु रहेका छन् । जसमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुँडे गिद्ध र सुन गिद्ध अति संकटापन्न अवस्थामा रहेका छन् ।

गिद्ध संरक्षणमा लागेकाहरु डंगर गिद्ध लोपको अवस्थामा रहेको बताउँछन् । अन्य प्रजातिको अवस्था पनि लोपकै अवस्थामा रहेको छ । गिद्धहरु लोप हुँदै जानुमा पशुहरुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक नै प्रमुख कारण भएको यसअघि अध्ययनले देखाएको छ । उक्त औषधीको प्रयोग पशुमा हुने गर्दछ । डाइक्लोफेनेक औषधी प्रयोग गरिएको पशु मरेपछि गिद्धले खाएमा मृर्गौलाको संक्रमणबाट उनीहरुको पनि मृत्यु हुने गरेको अध्ययनले देखाएको संरक्षणकर्मी बताउँछन् ।

पछिल्ला दशकमा गाउँघर तथा सहरमा रहेको सीमलका बोट काटिंदा गिद्धको बासस्थान विहीनको अवस्थामा पुग्यो । जुन गिद्ध लोप हुनुको अर्को कारण हो । गिद्ध सिमलको बोटमा मात्रै बस्ने गर्दछ ।

हाल नेपालमा करिव १५ देखि २० हजार गिद्ध रहेको अनुमान छ । तर, तिनीहरु पनि जोखिमको अवस्थामा रहेको संरक्षणकर्मी बताउँछन् । डाइक्लोफेनिक नामक औषधीले गिद्ध मर्न थालेपछि सरकारले यसअघि नै प्रतिबन्ध लगाएको सहायक वन अधिकृत खड्का बताउँछन् । ‘तर पनि भारतसँग खुला सीमाना भएका कारण अवैध रुपमा औषधी भित्रिएको आशंका गर्न सकिन्छ, जसले गिद्ध झन् जोखिममा रहेको हुनसक्छन्’, उनी भन्छन् । औषधी ब्यवस्था विभागले २०६३ सालदेखि नेपालमा डाइक्लोफेनिकको उत्पादन, प्रयोग र बिक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । यसको उत्पादन, प्रयोग, बिक्रिवितरण, आयात निर्यात र भण्डरण गरेको पाइएका ३ वर्ष कैद वा ५ हजार रुपौँया जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । तर, अझै पनि सीमावर्ती क्षेत्रमा यसको प्रयोग बन्द भएकोमा आशंका संरक्षणकर्मी नै गर्दछन् ।

गिद्ध लोप हुँदै गएपछि संरक्षणमा विभिन्न कार्यहरु पनि भैरहेका छन् । डिभिजन वन कार्यालयले विभिन्न ठाउँमा गिद्ध संरक्षणका लागि चेतनामूलक बोर्ड लगाएको सहायक वन अधिकृत खड्का बताउँछन् । ‘गिद्ध संरक्षणका लागि अग्ला सीमलका रुखको कटानी बन्द गर्नुपर्छ’, उनी भन्छन्, ‘समुदाय नै गिद्ध संरक्षणमा लाग्ने हो भने गिद्धको संरक्षण गर्न सकिन्छ ।’ खड्का मरेका वन्यजन्तु गाड्नुका साटो गिद्ध रहेको क्षेत्रमा लगेर फालिदिने हो भने पनि उनीहरुको संरक्षणमा सहयोग पुग्ने बताउँछन् ।

पछिल्लो समय लोपउन्मुख गिद्धहरु संरक्षणका लागि कैलालीको खुटीया, दाङ्गको लालमटिया र बिजौरी, रुपन्देहीको कडौवाताल, नवलपरासीको पिठौली र कास्कीको घाटुकमा पनि गिद्ध शुद्ध आहार केन्द्र खुलेका छन् । चितवनको कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरिएको छ ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत खड्काले चौलिक्काको भित्रि रोडमा रहेको छाला फ्याक्ट्री वरिपरि गिद्ध देखिने गरेको बताउँछन् । त्यहाँ देखिने गिद्धको संरक्षणमा काम गर्न सक्ने हो भने उनीहरुको संख्या बढाउन सकिने उनको भनाइ छ ।

घाइते गिद्धको उद्दार

नेपालमा अति दुर्लभ मानिने गिद्धको प्रहरीले मंगलबार उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको परिसर भित्र आइपुगेको घाइते गिद्ध उड्न सक्ने अवस्थामा रहेको थिएन । प्रहरीले घाइते गिद्धको उद्दार गरी सहायक वन डिभिजन कार्यालय बाँकेलाई बुझाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खड्काले बेला बेला स्थानीयले वन्यजन्तुको उद्दार गरी तथा उद्दारका लागि वन डिभिजनमा सम्पर्क गर्दै आएको बताउँछन् । डिभिजन कार्यालयले पशु कार्यालयसँगको समन्वयमा वन्यजन्तुको उद्दार गरी प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरेको सहायक वन अधिकृत खड्का बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया