हामी कहिलेकाही मोबाइल हराउँछौं त कहिले चोरी हुन्छ । त्यस्तो हराउने तथा चोरी हुने मोबाइल निकै कम मात्रामा भेटिने गरेका छन् ।
महंगा मोबाइलाहरु हराए वा चोरिए प्रहरीमा उजुरी दिइने गरेको छ । बाँके प्रहरीमा २ सय ३६ वटा मोबाइल हराएको भन्दै खोजीका लागि उजुरी परेको छ । जसमध्ये जम्मा ५५ वटा फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले हराएको मोबाइल ट्रयाक गरी खोज्ने गरेको छ । तर, उजुरी परेका सबै मोबाइल फेला पर्छन् नै भन्ने हुँदैन ।