बाँके : ६ महिनामा २७ मोटरसाइकल हराए, ४ मात्रै फेला

बाँकेमा विगत ६ महिनामा २७ वटा मोटरसाइकल हराएको निवेदन प्रहरीमा परेको छ । जसमध्ये प्रहरीले ४ वटा फेला पारी सवारी धनीलाई बुझाएको छ । साथै, चोरीमा संलग्न ३ जनालाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले शुक्रबार नेपालगन्जको गणेशपुरबाट हराएको भे १० प ४७८९ नम्बरको मोटरसाइकल फेला पारेको छ । प्रहरीका अनुसार, सोही दिन जाजरकोटका विपीन बस्नेतलाई मोटरसाइकल सहित पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया