प्रहरीले गत शुक्रबार कारकाँदोमा भएको दुर्घटनाका दोषी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजना भएको पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले मापसे गरी बस चलाउने बर्दिया बढैयातालका राजकुमार वाल्मिकीलाई पक्राउ गरेको जानकारी दिएका हुन् ।
वाल्मिकीले तिव्र गतिमा चलाएको ना ५ ख ५७७३ नम्बरको बस कारकाँदो एसके पेट्रोलपम्प अगाडि भे १ त ५१३४ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछि अनियन्त्रित भएको थियो । अनियन्त्रित बस वर्णवाल टे«ड इन्टरनेशनलमा घुस्दा पसलमा रहेका ग्राहक बिक्रम वृजबासीको मृत्यु भएको थियो ।
प्रहरीले चालकमाथि सवारी ज्यान मुद्दा लगाउने तयारी गरिरहेको छ ।
