बाँकेको सुरक्षामा अवैध हतियार चुनौतिपूर्ण बन्दै गएको छ । प्रहरीले चालु आ.व.को हालसम्म ८ वटा हतियार बरामद गरिसकेको छ ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले असारमा जिम्मेवारी सम्हालेपछि हालसम्म ५ थान भरुवा बन्दुक र ३ थान कटवा पेस्तोल बरामद गरेको जानकारी दिएका छन् । प्रहरीले सोमा लाग्ने १० राउण्ड गोली पनि नियन्त्रणमा लिएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक रानाले अवैध हतियार सहित जिम्मेवारी सम्हालेपछि ८ जनालार्ई नियन्त्रणमा लिएको बताए । जसमा १ जना महिला समेत रहेकी छन् ।
प्रहरीले आइतबार मात्रै डुडुवा गाउँपालिकाको वडा नं. १ बाट दिपक कुमार चौधरी (बर्मा)लाई हतियार सहित पक्राउ गरेको छ ।
प्रहरीले आज सोमबार पत्रकार सम्मेलन गरेर १९ बर्षीय चौधरीलाई उनकै पसलबाट कम्मरमा बाँधेर राखेको अवस्थामा कटुवा पेस्तोल सहित समातेको जानकारी दिएको हो । प्रहरीले उनले अवधै हतियार कुन प्रयोजनका लागि राखेका थिए, कुन अपराधमा संलग्न थिए वा योजना थियो भन्ने अनु्सन्धान भैरहेको जानकारी दिएको छ ।