दुर्घटनामा घाइते भएका नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी अशोक केसीको मृत्यु भएको छ । उनी सरसफाइ अधिकृत पदमा कार्यरत थिए ।
गत पुस १५ गते कार्यालयको कामको सिलसिलामा मोटरसाइकलमा सवारी उनको राँझामा अर्को मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, नेपालगन्ज राँझामा चोकमा भे १ ब १७२१ नम्बरको मोटरसाइकल र लु ४९ स ६२३१ को मोटरसाइकल आपसमा जुध्दा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख केसी र अर्का मोटरसाइकलका चालक मान बहादुर शाही गम्भीर घाइते भएका थिए ।