नेपालगन्जको कारकाँदो सिद्धार्थभ्यू नजिक शुक्रबार भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । घटनामा सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, कोहलपुर गैरहेको ट्याक्टरलाई बसले ठक्कर दिएपछि अनियन्त्रित भएको थियो । अनियन्त्रित बस अटो रिक्सा बनाउने पसलमा घुसेको थियो । जसमा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जानकारी दिनुभयो । बसमा सवार ५, सडकमा हिडेका १ तथा एक मोटरसाइकल चालक घाइते भएका छन् । घाइते सबैको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ ।