बाँकेको क्षेत्रीय कारागार बैशाखदेखि सञ्चालनमा आउने

कारागार ब्यवस्थापन बिभागकाका महानिर्देशक द्रोण पोखरेलले बाँके स्थित कारागार कार्यालय, क्षेत्रीय कारागार कार्यालय नौवस्ता र खुल्ला कारागार कार्यालय गनापुरको समेत अनुगमन गरेका छन् ।

अनुगमन पश्चात दैनिक नेपालगन्जसंगको संक्षिप्त कुराकानी गर्दै महानिर्देशक द्रोण पोखरेलले आगामी बैशाख महिनादेखि बाँकेको नौवस्तामा रहेको क्षेत्रीय कारागार कार्यालय संचालनमा ल्याउने योजना रहेको बताए । पहिलो चरणमा २५० जना कैदीबन्दी स्थानान्तरण गर्ने योजना रहेको महानिर्देशक पोखरेलले बताए ।

यसैगरि महानिर्देशक द्रोण पोखरेलले बाँकेको गनापुर स्थित खुल्ला कारागारको समेत अनुगमन गरेका छन् । अनुगमनबाट पूर्वाधार थप गर्नु पर्ने देखिएको र खुल्ला कारागार संचालन कार्यबिधि बनेपछि संचालनमा ल्याउने योजना रहेको पोखरेलले जानकारी दिए । खुल्ला कारागारमा दुई तिहाई कैद भुक्तान गरिसकेका र नकारात्मक सोचाई नभएका थुनुवालाई राखिने महानिर्देशक द्रोण पोखरेलले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया