वसन्त गौतम
बाँकेको बालसुधार गृहमा सर्वोच्चदेखि उच्च र जिल्ला अदालतलका न्याायधीशले बर्षेनी अनुगमन गर्दछन् । अनुगमनका क्रममा सुधार हुनु पर्ने सुझाव दिन्छन् । न्यायाधीश मात्रै होइन बाँकेको बालसुधार गृहको नेपाल सरकारका महान्यायधीशवक्ता अग्नी खरेल, लुम्बिनी प्रदेशका न्यायाधीशवक्ता ठाकुर डिसी सम्मले अनुगमन गरेका छन् । अनुगमन पश्चात उनीहरुले सुधारको पक्षमा वोल्दै गर्दै यसका लागी आफुले पहल गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछन तर ठोस परिणाम भने देखिएको छैन । यस बिचमा सोमवार कारागार ब्यवस्थापन बिभागकाका महानिर्देशक द्रोण पोखरेलले बाँकेको बालसुधार गृहको अनुगमन गरेका छन् ।
गत बर्ष सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्राईले सुधार गृहको अनुगमनका क्रममा बाँकेको बालसुधार गृह न त कारागार जस्तो न त सुधार गृह जस्तो भएको भन्दै बरु यो त कालकोठरी जस्तो भएको प्रतिक्रिया दिएका थिए ।
कानूनी बिवादमा परेका बालबालिका उनीहरुले गरेका गल्तीको महसुस गराई आचरणमा सुधार ल्याएर समाजमा पुनस्थापना गराउनु बालन्यायको मुख्य उद्देश्य हो । तर बालसुधार गृह बालन्यायको उद्देश्य अनुरुप संचालन भएको पाइदैन ।
महानिर्देशकको बालसुधार गृह अनुगमन :
यसै बिच कारागार ब्यवस्थापन बिभागकाका महानिर्देशक द्रोण पोखरेलले बाँकेको बालसुधार गृहको अनुगमन गरेका छन् । बाँकेको प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरम्बाङ्ग सहितको सुधार गृह पुगेका महानिर्देशक पोखरेलले बालसुधार गृहको अवस्था र सुधार गर्नु पर्ने पक्षका बारेमा सुधार गृहकी इन्चार्ज बिमला काउचा मगर र त्यहाँ रहेका बालकहरुसंग जानकारी लिएका थिए ।
यस क्रममा बालकहरुले पानी पर्दा चुहिने गरेको, भवनका झ्याल ढोका बिग्रीएको र चिसो भुईमा सुत्नु परेको र अध्यननको राम्रो ब्यवस्था नभएको गुनासो गरेका थिए ।
यसै गरि सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बालकलाई प्रदान गर्ने सिदा खर्च कम रहेको, सुधार गृहको भवन मर्मत सम्भार र बालकको स्वास्थ्य उपचारमा बजेट अभाव रहेकोले समस्या पर्ने गरेको बताएकि थिइन् ।
अनुगमनमा क्रममा महानिर्देशक द्रोण पोखरेलले बालसुधार गृह सुधार गृह जस्तो बनाउनु पर्ने र यसको लागि सबैको समन्वय र सहकार्य हुनु पर्ने बताए ।
बालसुधार गृहको सुधारका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरम्बाङ्गले बालसुधार गृहका सुधारका लागी आफु बाँके आए देखि पहल गरीरहेको सडक, भौतिक संरचना मर्मत लगायतका अन्य सुधार गर्नु पर्ने कुरामा आफुले निरन्तर पहल गरिरहेको प्रतिक्रिया दिए । उनले बालसुधार गृह गृह मन्त्रालय अन्तरगत नभई महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगत परेको र उक्त मन्त्रालयको शाखा कार्यालय जिल्लामा नहुदा समस्या परेको प्रजिअ कुरम्बाङ्गले बताए ।
सुधार गृह जस्तो होस् बाँकेको बालसुधार गृह ं
प्रति कोठा ८/१० जनासम्म बालक राख्ने गरेको पाइएको छ
सुधार गृह भनिए पनि पर्याप्त भौतिक पूर्वाधार र संरचनाको अभावमा कानूनी बिवादमा रहेका बालबालिहरुलाई सुधारको वातावरण छैन । पानी पर्दा बालक सुत्ने कोठामा पानी चुहिन्छ । झ्याल ढोका पनि जिर्ण भैसकेका छन् । भौतिक संरचना बिग्रीए भत्किए मर्मतका लागि बजेट छैन । खानेपानी र शौचालयको पनि राम्रो प्रबन्ध छैन । बालक सुत्न पर्याप्त खाटको ब्यवस्था नहुदा बालकहरु भुईमा सुत्न बाध्य छन् ।
बालसुधार गृहमा जिवन उपयोगी शिप सिक्ने वातावरण छैन । शिप सिक्ने र पढ्नका लागी उपयुक्त ब्यवस्था हुन नसक्दा बालकहरु त्यतिकै समय खेर फालिरहेका छन् । सुधार गृहमा राम्रो बालमैत्री वातारण नहुँदा बेला बखतमा त्यहाँ रहेका बालकहरु भाग्ने, आपसमा लडाई गर्ने समस्या पनि देखिएको छ । सुधार गृह भने पनि सुधारको वातावरण र भौतिक संरचना हुनु पर्ने हो तर बाँकेको बालसुधार गृहमा त्यस्तो अवस्था पाइँदैन ।
७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १२६ जना बालक रहेको सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले बताईन । २ वटा ठुला हलमा ३५ देखि ४० जना सम्म राख्ने गरेको र अरु साना ३ कोठामा प्रति कोठा ८÷१० जनासम्म बालक राख्ने गरेको पाईएको छ ।
सुधारका लागि राखिने नेपालका बालसुधार गृहहरु सुधार गृह जस्ता छैनन् । बाँकेको बाल सुधारको अवस्था पनि त्यस्तै छ । त्यहाँ बालबालिकाका लागी न सुधारका पूर्वाधार छन् न त जिवन उपयोगी शिपमुलक कार्यक्रम नै संचालन हुन सकेका छन् । केही संघ सस्थाले दिएका खेलकुद सामाग्री र पाठ्य पुस्तक बाहेक सुधार गृहमा ज्ञानबद्धक सामाग्री छैनन् । सिपमुलक कुनै कार्यक्रम छैन । ज्ञान भर्ने बेलाका बालकहरुले त्यतिकै समय खर्चिनु परेको छ । बेला बखत बालकको स्वास्थ्य उपचार, पाठ्य पुस्तक र केहि खेल सामाग्री केही सस्थाले सहयोग गरे पछि त्यो पर्याप्त हँुदैन । सरकारी तवरबाट दिगो ब्यवस्थापन नहुँदासम्म समस्या परिरहन्छ ।
सुधार गृहमा २ जना शिक्षक छन् त्यो पनि प्राथमिक स्तरका । एक जना डुडुवा गाउँपालिकाको अनुदानमा माछापुच्छ«े माबिका प्राबि शिक्षक कागज छन । युसेफ नामक सस्थाका तर्फबाट राखिएका एक शिक्षक छन् । सुधार गृहमा १० बर्ष देखि माथि २० बर्षसम्मका बालक छन् । निमाबि र माबि हुदै प्ल टु र त्यस माथी पढ्ने बिद्यार्थीका लागि पठनपाठनको ब्यवस्था छैन । भएकाले पनि गुणस्तरिय शिक्षा दिन सकेका छैनन् । कोभिडका संक्रमणका कारण गत माघ महिना देखि पढन पाढन ठप्प छ । बालसुधार गृहमा बिद्यालय भवन भए पनि सरकारी स्वीकृती पाएको छैन । त्यहाँ रहेका ४८ बालकलाई हिरामिनामा रहेको सरस्वती माध्यामिक बिद्यालयमा भर्ना गराएर पढ्ने ब्यवस्था मिलाइएको छ । उक्त बिद्यालयबाट पुस्तकको ब्यवस्था मिलाईए पनि अझै पाढ्यपुस्तक अपुग रहेको सुधार गृहका शिक्षक बिजय प्रसाद मुराउ बताउछन् ।
‘बालसुधार गृहमा शुद्ध खानेपानीको समस्या रहेको छ । छतबाट पानी चुहिने समस्या छ । आवश्यक बजेट अभावका कारण भान्सा लगायतका पुर्वाधार मर्मतमा समस्या छ,’ सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बताइन ।
कारागारमा रहेका थुनुवाहरुका लागि स्वास्थ्य उपचारको ब्यवस्था भए पनि बालसुधार गृहमा रहेका बालकहरु बिरामी परेमा स्वास्थ्य उपचार गर्न बजेट छैन । बालकहरुले ब्यक्तिगत खर्च गर्न सक्दैनन । परिवार टाढा रहेका बालकहरु बिरामी पर्दा स्वास्थ्य उपचारमा पैसाको समस्या पर्ने गरेको छ । बालकहरुका सिदा खर्च पनि कम छ । दैनिक ७ सय ग्राम चामल र ६० रुपियाका दरले उपलब्ध गराउने भए पनि यो पर्याप्त छैन । जसका कारण बालकहरुलाई पर्याप्त मात्रामा पोषणयुक्त खाना खुवाउनमा नसकिएको सुधार गृहका इन्चार्ज मगर बताउँछिन ।
अनुगमनका क्रममा बालसुधार गृहमा रहेका कानूनी बिवादमा रहेका बालकलाई सुधारको लागी हुनु पर्ने पर्याप्त पुर्वाधार बनाइनु पर्ने बालन्यायको क्षेत्रका कार्यरत अधिकारकर्मी बताउछन् । कानूनी बिवादमा रहेका बालकहरुलाई उनीहरुले गरेको गल्तीको महसुस गराई, त्यसता बालकहरुको आचरणमा सुधार ल्याउने, जिवन उपयोगी शिक्षा दिक्षा दिने, शिप सिकाउने वातारण बनाउनु पर्ने एडभोकेसी फोरमका निर्देशक ओम प्रकाश सेनको भनाई छ ।