‘प्रधानमन्त्रीले आफ्नो अयोग्यता देशमाथि थोपरिदिए’

नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आयोग्यता देशमाथि थोपरेर संकट निम्त्याएको बताएका छन् । सोमबार नेपालगन्जमा प्रेस संगठन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टी भित्रको विवाद मिलाउन नसकेको अयोग्यता उनले प्रतिनिधिसभा विघटन गरी देशमाथि थोपरिदिएको बताएका हुन् ।


प्रेस संगठन बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता भट्टराईले प्रधानमन्त्रीको गैर संवैधानिक कदम सर्वोच्चले उल्ट्याउने विश्वास समेत व्यक्त गरेका थिए । प्रतिनिधिसभा विघटनाको अवस्थाका लागि हुँदै नभएको धारा प्रयोग प्रधानमन्त्रीले गरेको दाबी उनको थियो ।


पार्टी भित्र बैठकमै नआउने, एकलौटी मनपरी गर्न खोजेका प्रधानमन्त्री ओलीले राज्यका निकायहरु आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप नेता भट्टराईको थियो । उनले प्रतिनिधिसभा विघटन विरुद्ध पुस १४ गते देशव्यापी विरोध प्रदर्शन गरिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया