खजुरामा इलाका हुलाक कार्यालयले आफ्नै कार्यालय भवन बनाउन लागेको छ । जिल्ला हुलाक कार्यालय बांके अन्तरगतको इलाका हुलाकका लागि चार कोठाको पक्की भवन निर्माण कार्यको शुक्रवार बिहान जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले शिलान्यास गरेका हुन् ।

विगत चार दशक देखि टिनको छाना भएको कच्ची तथा भवनबाट खजुरा तथा जानकी गाऊपालिकामा हुलाक सेवा पुयाउदैआई रहेको उक्त कार्यालयको गत वर्षको भाद्र महिनामा हुलाक अधिकृत पाण्डेले निरीक्षण गरेर दयनिय अबस्थाको भवनबाट सेवा प्रबाहमा कठिनाई भएको महसुस गरी तत्काल हुलाक सेवा विभाग संग बजेट व्यबस्था तथा शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई नेपालगन्जसंग प्राविधिक सहयोगको लागि समन्वय गरेपछि उक्त भवन निर्माणका लागि पहल अगाडी बढेको थियो ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधी मन्त्रालय अन्तरगतको हुलाक सेवा विभागले आ.ब. ०७७।०७८ मा भवन निर्माणका लागि बजेट बिनियोजन गरेपछि उक्त भवन निर्माणका लागि २०७७ कार्तिक ४ गते जिल्ला हुलाक कार्यालय बांके इविडिङ्ग मार्फत टेण्डर आवह्वान गरेको थियो । इविडिङ्ग मार्फत १४ वटा निर्माण व्यबसायीहरुले टेण्डर दर्ता गरेकोमा सबै भन्दा घटी रु २८,५३,४०७।८४ बोल कबोल गर्ने जि.डी.एस.कुरीमष्टा जेभी कालिकोटसंग कार्यालयले भवन निर्माण सम्झौता गरेर २०७८ जेष्ठ मसान्त सम्म काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडी बढाएको छ । उक्त भवन नेपालगंज गुलरिया सडक (हुलाकी राजमार्ग) स्थीत कपास विकास समिति चोकमा छोटी हुलाक कार्यालय खजुराका नाममा जग्गा धनी प्रमाण पूर्जा रहेको बागेश्वरी १ किनं १३ को ३३५ वर्ग मिटर जग्गामा निर्माण हुन गई रहेको छ । खजुरा गाऊपालिका, गाऊ कार्यपालिका कार्यालयबाट भवन निर्माण इजाजत समेत पा्रप्त गरी विधीबत तथाव्यबस्थीत रुपमा भवन निर्माणको सुरुवात गरिएको छ ।
भवन निर्माण स्थल नेपालगन्ज देखि पश्चिमका प्राय सबै लाई पायक पर्ने केन्द्र स्थानमा रहेको छ । निर्माणधिन उक्त भवनबाट खजुरा तथा जानकी गाऊपालिकाका आम जनता, दुबै गाऊपालिका कार्यालय, वडा कार्यालयका साथै कृषि अनुसन्धान परिषद भित्रका करिव एक दर्जन कार्यालय, शुसील कोईराला प्रखर क्यान्सर अस्पताल, खजुरा अस्पताल, प्रहरी गुल्म, क्याम्पस, बिद्यालयहरुका लागि हुलाक सेवा सहजता हुने देखिन्छ ।
संघ, प्रदेश तथा स्थानीय तहसंग समन्वय गरी बांके जिल्ला हुलाक कार्यालयका साथै ११ वटा इलाका तथा ३५ अतिरिक्त हुलाक कार्यालयका भवनको मर्मत, रङ्ग रोगनको काम समेत सुरु गरिएको हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले जानकारी दिएका छन् ।