कोहलपुरदेखि धामपुरसम्मको ३३ केभि प्रसारण लाइन तथा धामपुरमा रहेको ३३÷११ केभिए सब स्टेशन सफलतापूर्वक टेष्टिङ तथा चार्जिङ
विद्युतीकरणको दशकपछि अनेकौं बाधा, व्यवधान पनि कोहलपुरदेखि धामपुरसम्मको ३३ केभि प्रसारण लाइन तथा धामपुरमा रहेको ३३/११ केभिए सब स्टेशन सफलतापूर्वक टेष्टिङ तथा चार्जिङ सफलतापूर्वक सम्पन्न भएको छ । दशकौंपछि विद्युतीकरणको प्रमुख कार्य बिहीबार सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रशासकीय अधिकृत खेम नारायण लम्सालले जानकारी दिएका छन् ।
वनका कारण अवरोध, ठेकेदारको पटकपटकको मुद्दाका वावजुद बर्षौदेखिको योजनाले मूर्त रुप पाएको हो । धामपुर सब स्टेशनबाट दुई वटा फिडर बैजापुर र बिनौना पठाउने कार्यपनि सकिएको छ । बैजापुर र बिनौनामा बत्ति बलिसकेको छ । मिटर नलगाएकालाई पनि प्राधिकरणले मिटर लगाउन सुझाव दिइसकेको छ ।
कोहलपुरदेखि धामपुरसम्मको ३३ केभि प्रसारण लाइन तथा धामपुरमा रहेको ३३÷११ केभिए सब स्टेशन सफलतापूर्वक टेष्टिङ तथा चार्जिङको अन्तिम परीक्षणका लागि लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुर, नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलला मल्लिका आफै खटिएका थिए । अब राप्तीपारीको गाउँभित्र छुटेका ठाउँमा एलटी÷एचटी लाइन बिस्तार कार्य भैरहेको छ ।