अभियोग लागे पछि अपराधी नै हो भन्ने सरकारी वकिलको मानसिकता : न्यायाधीश

उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश केशवराज जोशीले निश्पक्ष न्याय सम्पादनमा कटिवद्ध रहेको बताएका छन् । उच्च तथा जिल्ला बार एशोसिएसनले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश जोशीले न्याय सम्पादनमा बिचलित नहुने प्रतिवद्धता जनाएका थिए ।

कानून ब्यवशायीबाट न्यायाधीश भएर पनि होला न्याय सम्पादनमा अलि बिवेक प्र्रयोग गरौ भन्ने लाग्ने गरेको बताउदै न्याायधीश जोशीले क्याडर र सरकारी वकिल समुहबाट न्यायाधीश बनेकाहरुले कताबाट हुन्छ थुन्ने प्रमाण खोज्ने र अभियोग लागे पछि अपराधी नै हो भन्ने मानसिकता राख्ने गरेको अनुभव सुनाए । न्यायाधीशका केही बाध्यता पनि रहेको बताउदै न्यायाधीश जोशीले भर्ने समय परिस्थितिले त्यति गर्न सकिएला जस्तो छैन, न्यायाधीशका केही बाध्यता पनि छन् यस्तोमा बारको दरिलो साथ चाहिन्छ’ स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश धु्रवराज नन्दले आफुले न्याय नमरोस भन्ने मनसाय राखेर कार्य गर्ने बताए । आफ्नो ४ बर्षे न्यायाधीको कार्यकालमा छ्या् यस्तो भएछ भन्ने गरि कार्य नगरेको बताए ।

२२ बर्ष वकालत गरेर न्यायाधीश बनेका नन्दले न्याय सम्पादन गर्दा बिवेक, शिद्धान्त र बिधि शास्त्रमा आधारित भएर न्याय सम्पादन गर्ने बताए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले मिडिया ट्रायलका आधारमा नभै न्यायाधीशले कानूनी शिद्धान्त, मुल्य मान्यता अनुरुप निर्भिक भै न्याय सम्पादन गर्नु पर्नेमा जोड दिए ।

न्यायका उपभोक्ताका लागी न्याय पाउने अन्तिम स्थल न्यायालय भएकाले न्याय सम्पादनमा न्यायाधीशको भुमिका रहने बताए । न्यायापालिकाको गरिमा बढे कानून ब्यवशायीको भुमिका पनि बढ्ने भएकाले न्यायपालिकाको गरिमा बढ्ने गरि न्याय सम्पादनमा श्रेष्ठले जोड दिए । उपभोक्ता हित संरक्षणका केन्द्रिय सदस्य समेत रहेका अधिवक्ता वसन्त गौतमले गुणस्तरिय सेवा पाउने न्यायका उपभोक्ताको अधिकार भएकाले न्यायालयबाट न्यायमा सहज पहुँच र गुणस्तरिय न्यायिक सेवामा जोड दिएका थिए । नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्यले संचालन गरेको स्वागत कार्यक्रममा बाँके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाही र उच्च बार सचिव चित्र बहादुर शाहीले नव आगन्तुक न्यायाधीशद्धयलाई स्वागत गर्दै निजहरुको कार्यकालमा गुणस्तरिय न्याय सम्पादन हुने अपेक्षा राखेको बताएका थिए । उच्च बारका अध्यक्ष बिकाश आचार्यले पारदर्शि तरिकाले गुणस्तरिय न्याय सम्पादनमा जोड दिए ।

कार्यक्रममा नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, टिकाजंग सिंह, वरिष्ठ अधिवक्ता श्याम गौतम, पुनरावेदन बारका पुर्व अध्यक्ष झबिन्द्र प्रसाद पौडेल, उच्च बारका पुर्व अध्यक्ष लोक बहादुर शाह, बल बहादुर चन्द, जिल्ला बारका पुर्वअध्यक्ष मोहम्मद अयूव सिद्धिकी, बिश्वजित तिवारी लगायतका कानून ब्यवशायीले नव उच्च अदालतमा हालै सरुवा भई आएका न्यायाधीश केशवराज जोही र धु्रवराज नन्दलाई स्वागत र सफल कार्यकालको शुभकामना दिएका थिए । हाल उच्च अदालतमा ६ जनाको दरबन्दी रहेकोमा ५ जना कार्यरत रहेका छन् । वरिष्ठतम न्यायाधीश पवन कुमार शर्मा न्यौपाने आगामी पुष १९ गतेसम्म कार्यकाल रहेकाले एक महिना अघि देखि नै मुद्धा हेरेका छैनन । उच्च अदालतमा हालै भएको सरुवा भई आएका न्यायाधीशहरु केशवराज जोशी, धु्रव राज नन्दलाई बारले स्वागत गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया