‘फैसला कार्यान्वयन भए न्याय, नत्र कागजको खोस्टो’
६ करोड, ३३ लाख १६ हजार १ सय १० रुपैयाँ असुल हुन बाँकी
बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले फैसला कार्यान्वयन पछि मात्रै पक्षले न्यायको अनुभुति गर्ने बताएका छन् ।
महिला कानून र बिकाश मञ्चको आयोजना नेपालगंजमा भएको जिल्ला अदालत तथा स्थानिय न्यायिक समितिको फैसला कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश तिवारीले अधिकार खोज्ने तर कर्तब्य भुल्ने प्रबत्तिले फैसला कार्यान्वयनमा चुनौती रहेको बताए । अदालतबाट कसुर निर्घारण भए पछि त्यो अन्तिम निर्णय भएको बताउदै न्यायाधीश तिवारीले फैसला कार्यान्वयनमा सबैको समन्वय र सहयोग आवश्यक रहने बताएका थिए ।
कार्यक्रलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगरले स्थानिय तहमा श्रोतसाधन र दक्ष जनशक्तिको अभाव रहको बताउदै आफुले प्रभावकारी न्याय सम्पादन गरेको बताइन् । स्थानीय निकायमा दुख दिने नियतले पनि मुद्धा दिने गरेको बताउदै उपप्रमुख थापा मगरले आफ्नो भुमिका नेताको भन्दा कर्मचारीको जस्तो महसुस गरेको अनुभव सुनाएकी थिइन् ।
महिला कानून र बिकाश मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले पीडितको न्यायमा फैसला कार्यान्वयनको महत्वका बारेमा प्रकाश पारेका थिए । न्यायिक समितिका निर्णयबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले न्याय सम्पादनमा स्थानिय तहका न्यायिक समितिको प्रभावकारीता बढ्नु पर्नेमा जोड दिए ।
बाँके जिल्ला अदालतका तहसिलदार गंभिर रानाले मंसिर मसान्त सम्मको मुद्धा फछ्र्यौट बिवरण प्रस्तुत गर्दै अदालतले फैसला कार्यान्वयनका १२७ निवेदन फछ्र्यौट गर्ने लक्ष्य राखिएकोमा ५७ निवेदन मात्र फछ्र्यौट भएको जानकारी दिए । कैद तर्फ २४४५ बर्ष ७ महिना २७ दिन फछ्र्यौट हुन बाकी रहेको र जरिवाना तर्फ ६ करोड, तेत्तिस लाख सोर हजार एक सय दश रुपिया असुल हुन बाँकी रहेको रानाले बताए ।
महिला कानून र बिकाश मञ्चका जिल्ला संयोजक अधिवक्ता वसन्त गौतमले संचालन गरेको कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश मान कुमारी जिएम, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक ओम राना, जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा, नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य, जिल्ला अध्यक्ष जनक बहादुर शाही अधिवक्ता बिश्वजित तिवारी लगायतले फैसला कार्यान्वय पछि मात्र पीडितले न्यायको अनुभुति गने भएकाले फैसला कार्यान्वयनमा सम्बद्ध सबैको प्रभाविकारी भुमिकामा जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित न्याय क्षेत्र सम्बद्धहरुले फैसला कार्यान्वयन नभए न्यायको अनुभुति नहुने र न्याय क्षेत्र प्रति नै बितृष्णा फैलिने भएकाले न्यायिक निकायबाट हुने फैसलाको प्रभावकारी कार्यान्वयनका जोड दिएका थिए ।