नेपालमा महिलावादी सोचको आन्दोलनले शताब्दी पार गरिसकेको छ । सन् १९१७ तिर नेपालमा महिलामाथि हुँदै आएको अत्याचारका विरुद्ध सामुहिक आवाज उठ्न थालेको थियो । बिसौँ शताव्दीको अन्ततिर आएर महिलावादी आन्दोलनले उठान गरेको ‘आफ्नो शरिरमाथिआफ्नो अधिकार’को सुरुवात भयो । त्यस समयको सामाजिक मान्यतालाई चुनौती दिदै समाज सुधारको आन्दोलन अगाडि बढाउने कुरा कम चुनौतीपूर्ण थिएन ।
महिला र महिलावादबारे विभिन्न कोणबाट गरिएका बहसले लैंगिक विभेद मुक्त र समानतायुक्त समाजको चाहना राख्ने जो कोहीलाई प्रभावित गरिहाल्छ । हुन त म पूर्ण महिलावादी नभएर समानतावादी । समानताको म समर्थक हुँ तर महिलाप्रति समाजमा निर्माण भएको विश्वासकै हत्या गरेर स्वार्र्थीबन्ने महिलाको पक्षमा भने म छैन । यदि कसैले त्यसलाई महिलावादको जामा लगाएर पुष्टि गर्न खोज्छ भने त्यो सिद्धान्तकै विकृत रूप हो ।
हाम्रो जस्तो पारिवारिक, सामाजिक संरचनामा महिला सम्बन्धको सूत्र, सद्भावको प्रसारक, सम्मानको सूचक हुन् । भत्किरहेको परिवारलाई जोडेर, विभाजित भइरहेको समाजलाई गाँसेर प्रगति पथमा महिलाले नै दौडाएको प्रमाण खोज्न महिला प्रमुख चलाएको निकाय हेरेपुग्छ । विदेशी नारीवादलाई आफ्नै विशिष्टतायुक्त नेपाली समाजमा हुबहु स्थापित गर्न मिल्दैन ? हाम्रो सन्दर्भमा महिला त्यो हो जो आफू हारेर अरुको भलाई सोच्छ । महिलाले संसारलाई प्रेमले बाँधि राख्छिन । प्रेम र ममताले भरिपूर्ण हुनु नै महिला हुनु हो ।
सयौं महिलाले महिलामाथि सामाजले राखेको विश्वासको आडमा समाजलाई आत्मघात गरिरहे छन् । यी महिलाहरू महिलावादको कुनै पनि क्षेत्र भित्र पर्दैनन् । महिलात्वको आडमा लागूपदार्थ ओसारपसार गर्ने, बाँच्ने बहानामा देह व्यापार गर्ने, आर्थिक सामाजिक ठगी गर्ने महिलालाई महिलावादको एक विकृत समूहमा राख्न सकिन्छ । यो विकृति महिलावाद भित्र पर्दैन । समाजको एउटा तप्काले महिलावादको चर्काे विरोध गर्नुको कारण एउटा यो पनिहो किनभने महिलावादका केही व्याख्याले यो विकृतिलाई पनि तर्क दिन्छ ।
हो, आज महिलावाद विस्फोटक रूपमा देखिएको छ । महिलाको सहनशीलता भंग गर्ने यही समाजको उपद्रो हो । तिनैको विरुद्धमा महिला खडा भएकाले नै महिलावाद नेपाली सन्दर्भमा स्थापित भएको हो । तर, निरपेक्ष वैयक्तिक स्वार्थ अनुकूल गरिने व्याख्याले महिलात्वको गुण ममतामयीबाट फेरिएर खतरापूर्ण हुनगएको छ । प्रश्न उठ्न सक्छ, के रामायणकी सीताजस्तीहुनु भन्याहो ? त्यस्तो हुँदै होइन । सीतालाई त रामायण भरी अवला नारी बनाएर जताततै लतारिएको छ । आफूमाथि अन्याय गर्नेको त प्रतिकार गर्नै पर्छ ।
महिलावादको अर्काे पाटो
अहिले हजारौं पुरुषहरु महिलाबादको गलततर्कका कारण मुद्दा खेपि रहेका छन । कानूनहरु कडा पारिएका छन र पूर्णतया महिलाहरुको पक्षमा तर महिलाहरुको पक्षमा कानूनहरु कठोर पारिएको बेला एक जना पुरुषलाई उचित आत्मरक्षाको ठाउँ कमभएको त छैन ? यदि यो छ भने हाम्रो न्यायपालिका र कानूननिर्माताले केही गर्न आवश्यक छ । यदि आत्मरक्षाको ठाउँ यति सानो छ कि प्रत्येक ‘आरोपी’ ‘दोषी’ नै फेला परेका छन भने दोषी करार गरिएका मानिसहरु निर्दोष नै हुन्छन ।
महिला हिंसाको नक्कलीमा मलाहो थाहा हँुदाहुदै पनि जाहेरी, मुद्दा दर्ता गरिन्छ किनभने कहाँ प्रोटोकोल छ र महिलावादीहरुको दबाब हुन्छ जस अनुसार कुनै पनि लागतमा महिलाको सुरक्षा गर्नुपर्ने हो । हाल नेपालमा करीब ३००० भन्दा बढी महिला अधिकारको लागि काम गर्ने संस्था कार्यरत छन । निःसन्देह हाम्रो देशमा यस्ता प्रो–महिला कानुन हुनु निकै ठूलो महत्वको कुरा हो तर यहाँ केही विनाशकारी महिलाहरु छन जसले आफ्नो निजी स्वार्थ पूरा गर्न यी कानूनहरुको दुरुपयोग गर्छन् ।
हाम्रो देशमा कानून यस्तो छ कि महिलाको बयान मात्रले एउटा पुरुषलाई कारागार पठाउन पर्याप्त छ र बिडम्बना न्याय प्रकिृयाको हरेक चरणमा महिलाको बयानलाई अकाट्य प्रमाणको रुपमा लिइन्छ । हाम्रा कानून, मिडिया, महिलावादी र समाज यस्तो विश्वास गर्छ कि अपराध पुरुषले मात्र गर्न सक्छन । अपराधको कुनै लिंग हुदैन न कानून नै । महिलाहरुले त्यहि कारणको लागि अपराध गर्छन जुन कारणको लागि पुरुषले । नेपालको संबिधान, २०७२ को धारा १८ ले “सबै नागरिक कानूनको दृष्टिमा समानहुनेछन् । कसैलाई पनिकानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन तथा नागरिकहरूका बीच धर्म, जाति, लिंग, आर्थिक अवस्था वा अन्य कुनै आधारमा भेदभाव गर्ने छैन’ भन्दै समानताको हकप्रदान गरिसकेको छ । साथै सर्वाेच्च अदालतले संविधानमा प्रयुक्त व्यक्ति’ वा ‘नागरिक’ भन्ने शब्दहरू लैङ्गिक रूपमा निरपेक्ष शब्द हुन् । यी शब्दले पुरूष मात्र वा महिला मात्र भनी बुझाउँदैनन्, (निर्णय नं. ९९२१, भागः ५९ सालः २०७४ महिनाः चैत्र अंकः १२०, भन्ने निर्णय गरि सक्दा पनि पुरुष भएकै कारणले न्याय प्रकिृयाको हरेक तहमा भेदभाव गरिनु कति ठूलो बिडम्बना हो ।
महिला हिंसाको आरोपीको पुरुषको Media Trial हुन्छ, पत्रपत्रिकामा तीन पुस्ते छापिन्छ, सामाजिक संजालमा अपराधी भनेर देश विदेशमा प्रचार गरिन्छ, अदालतले सफाई दिएपनि समाजले जीवन हँुदासम्म र मर्णोपरान्त पनि अपराधी नै देख्छ । के आरोपीको आत्मसम्मान हुदैन ? के नेपालको संविधान, २०७२ को धारा २०(४)मा, प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजाय भागी हुने छैन भने अनुसार वर्षौको कारागार पछि अदालतले सफाई दियो भने त्यसलाई सजायमानिदँैन ? यस्तै भएर होला आज महिलावादलाई क्यान्सरको रुपमा हेर्न थालिएको छ । पुरुषलाई महिलाहरुले गलत आरोप लगाई फसाएको समाचार दैनिकजसो आइरहेको हुन्छ । यदि लैंगिक समानता सबै ठाउँ स्वीकार्य छ भने कानून बनाउँदा किन महिला पक्षीय कानून बनाइन्छ ?
महिलाहरुको पक्षमा अपराध अनुसन्धानको कार्यको लागि प्रहरीको व्यवस्था हुन्छ र प्रमाण केलाउने, मुद्दा चलाउने अदालतमा प्रतिरक्षाको लागि सरकारले आफ्नो पक्षबाट वकील समेत व्यवस्था गरी दिएको हुन्छ र अन्तिम अवस्थासम्म सरकारबाटै पीडितको तर्फबाट मुद्दामा प्रतिरक्षा लगायतको काम गरिन्छ । पीडितको हैसियत गवाहमा सीमित हुन्छ। तर पुरुषको हकमा भने यस्तो किसिमको कुनै सहयोग हुदैन उल्टै सरकारका यी निकायहरु अन्तिम अवस्थासम्म पुरुषलाई दोषी साबित गर्न कै लागि लागेका हुन्छन । सबै कुरा महिलाहरुको पक्षमा पारिएको बेला, समाज तथा न्याय प्रकिृयाको हरेक तहमा महिलाहरुकै पक्षमा भावनात्मक निर्णय भइरहेको हँुदा पुरुषहरु न्याय प्रकिृयामा न आई आत्महत्याको बाटो रोज्ने गरेका छन । आ.व. २०७१।७२ देखि २०७६।७७ सम्म कुल १६,७६९ जना पुरुषले आत्महत्या गरेका छन जुनकुल आत्महत्याको करिब ५७ प्रतिशत हो । सोही अवधीमा १२,७९४ महिलाले आत्महत्या गरेकी छन जुनकुल आत्महत्याको करिब ४३ प्रतिशत हो ।
कसै सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई अपराध बोध गराउनु हो, बदलालिनु होइन । सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई भविष्यमा आफूलाई सुधार्ने अवसर दिनु हो, निजलाई समाप्त नै गरिदिने होइन । अभियोग दावी लगाउनु र अभियोग स्थापित हुनु अलगअलग कुरा हुन् । फौजदारी कसूर अन्तर्गत अभियोग दावी लिंदा सो दावीलाई पुष्टि गर्ने यथेष्ट प्रमाणहरूको विद्यमानता हुनु अनिवार्य हुन्छ ।
अन्तमा
अदालती प्रक्रियामा परिवार तोडिन्छ मात्र जोडेको इतिहास सायदै होला । महिलावादलाई पुरुषविरुद्धको अभियानमा परिणत हुन दिनु हुँदैन साथै पुरुषलाई तिरस्कार र प्रताडित गर्न खोज्नु पनि हँुदैन । महिलावादको गन्तव्य विरोध तिर होइनन व निर्माण र समानतातिर जानुपर्छ । क्रान्तिकारिताले समाजमजबुत त बनाउँछ तर समाजले महिलाबाट पाउने मातृत्व र बात्सल्य गुमाउन पुग्दछ । (दीक्षित चाटर्ड एकाउन्टेन्ट हुन्)