समातिन्छन् ‘ब्राउन सुगर बोक्ने पटके’

बाँके प्रहरीले ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगन्ज शाखाबाट खटेको प्रहरी टोलीले कोहलपुर नगरपालिका–१२ का इन्द्रमणी गौतमलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, गौतम यसअघि जाजरकोट जिल्लामा लागूऔषध चरेस मुद्दामा समेत पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेका हुन् । ‘उनी लागुऔषधका पटके अभियुक्त हुन्,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओम बहादुर रानाले दैनिक नेपालगन्जसंग भने, ‘४४ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर सहित उनलाई नियन्त्रणमा लिइएको हो ।’
लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचना पाएको प्रहरीले शंकास्पद रुपमा रहेका गौतमलाई नियन्त्रणमा लिई तलासी लिंदा गौतमले लगाएको पाइन्टको खल्तीबाट सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर धुलो १ पुडिया र तौल गर्ने डिजिटल मेसिन एक थान समेत फेला पारेको बाँके प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया