शिल भनिएकै अवधीमा नेपालगन्ज नाकाबाट मात्रै १ लाख २३ हजार ९ सय ११ जना नेपाल प्रवेश गरेका छन् भने १ लाख ६ हजार २ सय ४५ जना भारत तर्फ गएका छन्
नेपाल सरकारले पुस अन्तिमसम्मका लागि फेरि पनि नेपाल–भारत सीमा शिलको निर्णयलाई निरन्तरता दिएको छ । कोरोना भाइरस संक्रमण रोक्न भन्दै मुलुक लकडाउनमा गएपछि गत चैत्र ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । त्यो क्रम अहिलेसम्म जारी छ ।
कोरोना कहरले मुलुकलाई निरन्तर डामी रहँदा आन्तरिक रुपमा सतर्कताको अवस्था समेत छैन । भारतमा संक्रमण दर उच्च भैरहँदा कयौं दिन हिडेर पनि मुलुक फर्किनेहरुको संख्या दैनिक लाखौंको थियो । अहिले पनि भारतमा संक्रमणको अवस्था नियन्त्रणमा आइसकेको छैन । तर, नेपालीहरु उच्च जोखिम मोलेर जसरी नेपाल फर्किए त्यसरी नै अहिले भारत फर्किने होड उस्तै छ । नेपालगन्ज नाका एउटा उदाहरण मात्रै हो ।
नेपाल–भारत सीमानाको नेपालगन्ज जमुनाह नाका स्थित प्रहरी स्रोतका अनुसार, यसबीच १ लाख २३ हजार ९ सय ११ जना नेपाल फर्किए । तर, लकडाउन अन्त्य भई मुलुकमा खुकुलोपन देखिएसँगै १ लाख ६ हजार २ सय ४५ जना नेपालगन्ज नाका हु्ँदै भारत गएका छन् । ‘६३ हजार नेपाली मात्रै रहेका छन्’, जमुनाह प्रहरी इन्चार्ज विष्णु गिरीले मंसिर २८ सम्मको तथ्यांक दिंदै भने । उनका अनुसार, यस बीच पनि दैनिक १ हजारको हाराहारीमा जाने र आउने क्रम छ ।
‘भारत जाँदा अत्यावश्यक काम देखाएर जाने गरिएको छ’, सीमा शिलको अवस्थामा यति ठूलो संख्यामा भारत गैरहेका छन्, दैनिक नेपालगन्जको प्रश्नमा प्रहरी नायब निरीक्षक गिरीले भने । उनले भनेजस्तै औपचारिक नाकाबाट अत्यावश्यक कामको बहाना देखाइएपनि अधिकांस रोजगारी र कतिपय उपचारका सिलसिलामा भारत जाने गरेका छन् ।
औपचारिक नाकाबाट दैनिक १ हजारको हाराहारीमा नेपाल–भारत आवागमन गर्ने गरेको तथ्यांक देखिएपनि बाँके, बर्दियाको खुला सीमानाबाट आवागमनमा कुनै रोकतोक छैन । ‘भारतीय प्रहरीले आवागमनमा कुनै अवरोध गरेको छैन’, जमुनाह नाका इन्चार्ज गिरीका अनुसार, नेपालतर्फ भने औपचारिक रुपमा सीमा शिल रहेकाले अभिलेख अद्यावधिक गर्नेदेखि के कामले जान लागिएको हो सोधपुछ गरेर मात्रै जान दिइने वा आउन दिइने गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले मन्त्रीपरिषद् बैठक बाट नै नाका थप एक महिना शिल गर्ने निर्णय भएको जानकारी दिएका छन् । ‘सरकारी निर्णय बमोजिम नाका औपचारिक रुपमा बन्द छ’, उनले भने ।