बाँके : सेवाग्राही कति सन्तुष्ट ? यस्तो छ अध्ययन रिपोर्ट

कोभिड १९ का बीच भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले सार्वजनिक निकायको सेवा प्रवाह सन्तुष्टी सर्वेक्षण सार्वजनिक गरेको छ ।


नेपालगन्ज स्थित बढी जन सरोकार राख्ने १२ वटा सरकारी कार्यालयको सेवा प्रवाहका बिषयमा गरिएको सो सन्तुष्टी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । सर्वेक्षण अनुसार बाँकेमा कोरोना महामारिका बिच सार्वजनिक निकायले प्रवाह गरेको सेवामा सेवाग्राहीहरु सन्तुष्ट देखिएको छ ।

सर्वेक्षणले कार्यालयमा आउँदा तपाईको काम भयो कि भएन भन्ने प्रश्नमा सबै भन्दा बढी वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जमा सेवा लिन आएका ९८ प्रतिशत सेवाग्राहीले भयो भन्ने जवाफ दिएका छन् भने २ प्रतिशतले अधुरो रहेको जवाफ दिएका छन् । यसैगरी सोही प्रश्नमा भेरी अस्पतालका ९६ प्रतिशत, जिल्ला प्रशान कार्यालयका ९५ प्रतिशत, नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका ९३, भन्सार कार्यालय ८९ प्रतिशत सेवाग्राहीले सेवाबाट सन्तुष्ट रहेको जवाफ दिएका थिए ।


नापी कार्यालय ८८, यातायात ब्यवस्था कार्यालय ८३, आन्तरीक राजस्व कार्यालय ७७, नेपालगन्ज उपमहानगरपालिका ७४, मालपोत कार्यालय ६८ प्रतिशतले सहज नै काम भएको बताएका छन् भने सबै भन्दा कम जिल्ला प्रहरी कार्यालयका ४८ प्रतिशत सेवाग्राहीले काम भएको बताएको बासको सर्वेक्षणले देखाएको छ ।


कार्यालयमा काम गर्दा कर्मचारीको ब्यवहार कस्तो लाग्यो भन्ने प्रश्नमा सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयका ९३ प्रतिशत र सबैभन्दा कम यातायात ब्यवस्था कार्यालयका ५३ प्रतिशतले व्यवहार राम्रो भएको बताएका छन् । सर्वेक्षण अनुसार कार्यालयमा काम गर्दा सबै भन्दा बढी नापी कार्यालय नेपालगन्जका १२ प्रतिशत सेवाग्राहीले घुस खुवाउनु परेको सर्वेक्षणमा उल्लेख छ । यातायात ब्यवस्था कार्यालय, मालपोत कार्यालय, भन्सार कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाका सेवाग्राहीहरुले काम गर्दा घुस दिनुपरेको सर्वेक्षणले देखाएको छ ।


यसैगरी यातायात ब्यवस्था कार्यालयका ९ प्रतिशत सेवाग्राहीहरुले कार्यालयले दिएको रसिद भन्दा अतिरिक्त रकम तिर्नुपरेको बताएका छन् । कार्यालयको सेवाप्रवाह प्रति सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा जिल्ला प्रशासन कार्यालय र आन्तरीक राजस्व कार्यालयका समान ९५ प्रतिशत सेवाग्राहीहरुले सन्तुष्ट रहेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका १९, यातायात ब्यवस्था कार्यालय १०, मालपोत कार्यालय ९, नेपाल बिद्युत प्राधिकरण ७, भेरी अस्पताल ५, जिल्ला प्रशासन कार्यालय ३ र आन्तरीक राजस्व कार्यालयका २ प्रतिशत सेवाग्राहीले कार्यालयको सेवा प्रवाह प्रति असन्तुष्टी जाहेर गरेका छन् ।


सर्वेक्षणले कोरोना भाईरस सक्रमण रोकथामका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, आन्तरीक राजस्व कार्यालय, नेपाल टेलीकम नेपालगन्जले सेवाग्राहीका लागि मास्क तथा सेनिटाईजरलगायतको ब्यवस्थापन गरेको बताएका छन् भने अन्य कार्यालयहरुमा सेवाग्राहीहरुका लागि कोभिड बिरुद्ध का सामाग्रीको ब्यवस्थापन नगरेको देखाएको छ । पछिल्लो समय भौतिक दुरी कायम नभएको, कर्मचरीहरुले मास्क, सेटिटाईजर तथा भाईजर जस्ता स्वास्थ्य सामाग्रीको प्रयोग नगर्ने गरेको सर्वेक्षणले देखाएको छ ।


बासले नेपालगन्ज स्थित जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपालगन्ज भन्सार,यातायात ब्यवस्था कार्यालय, भेरी अस्पताल, मालपोत तथा भुमीसुधार कार्यालय, नापी कार्यालय, बाणिज्य कार्यालय नेपालगञ्ज, नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र र नेपाल टेलिकम नेपालगन्जका ४ सय ८७ जना प्रतिनिधिमुलक सेवाग्राहीको अभिमत संकलन गरि प्राप्त सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया