धारीलो हतियार प्रहार गर्ने चार समातिए

बाँके प्रहरीले धारिलो हतियार प्रहार गरी फरार भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गत कार्तिक २२ गते नेपालगन्ज–२० मदनापुर स्थित जित श्रेष्ठको विवाह घरमा नाचगान, रमाईलो गर्ने क्रममा वादविवादका क्रममा उत्पन्न विवाद पछि सोही ठाउँका रमेश बुढाथोकीलाई ज्यान मार्ने प्रयास गर्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिइएको हो ।


बुढाथोकी माथि ज्यान मार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनामा प्रहरीले दिनेश पुरी, धर्म वली, सुरज कुँवर, उमेश घर्ति मगरलाई पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले उनीहरुमाथि मुलुकी फैजदारी कार्यविधी संहिता २०७४ अनुसार १० वर्ष सम्म कैद र १ लाख सम्म माग दाबी गर्ने गरी अनुसन्धान भैरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया