बालिका भेला, किशोरी नगर सञ्जालमा बर्मा

नेपालगन्जमा सोमबार बालिका भेलाको आयोजना गरिएकोछ । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यक्तिगत अधिकारी, लैगिंक विभेद, हिंसा, बाल अधिकारी, सामाजिक कुप्रथा लगायतको विषयमा प्रस्तुतिकरण राखिएको थियो ।


कार्यक्रम बीच नगर किशोरी सञ्जाल पुनर्गठन समेत गरिएको छ । पुजा बर्माको अध्यक्षतामा नगर किशोरी सञ्जाल पुनर्गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा मनिषा रावत, सचिवमा दिव्यानी अधिकारी, सहसचिवमा दिपिका देवकोटा, कोषाध्यक्षमा नेलिशा गिरीलाई चयन गरिएको छ । सदस्यहरुमा खुमा गिरी, दिव्या बर्मा, प्रकृति चौधरी, अन्जना चन्द, सोनम चमार, सल्लाहकारहरुमा अन्जना चर्तुवेदी, श्वेता गुरुङ्ग र सपना परियार रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया