वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले शुक्रबार अनुगमनका क्रममा भेटिएको अखाद्य वस्तु नष्ट गरेको छ ।
वाणिज्य कार्यालयका अनुसार, कोहलपुर तथा बैजनाथ बजार क्षेत्रका विभिन्न डेरी उद्योग र पसलहरुको अनुगमन गरिएको हो । त्यस क्रममा खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ४ हजार २ सय रुपैयाँ भन्दा बढीको दुध एवं दुग्धजन्य पदार्थ नष्ट गर्न लगाइएको हो ।
अनुगमनका क्रममा लेवलिङ्ग एवं प्याकेजिङ्ग गरेर मात्र दुध एवं दुग्धजन्य पदार्थको उत्पादन र बिक्रीवितरण गर्न निर्देशन दिइएको थियो ।