बर्दिया : दुर्घटनामा दुईको मृत्यु

बर्दियाको मधुबन नगरपालिकामा कार र ट्रिपर एक आपसमा ठोक्किदा २ जनाको ज्यान गएको छ । मधुवन नगरपालिका वडा नम्बर ४ ढोढरी वेलुवा चोक नजिक विहिबार दिउँसो कार र ट्रिपर ठोक्किदा २ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ बेलौलीका २५ बर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुर जिल्लाका १७ बर्षीय निधि सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको ट्रिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।


घाइते हुनेमा बर्दियाको गुलरिया ४ का कार चालक २४ बर्षीय मनोज लोनिया, कञ्चनपुर निवासी कमला सुनार र कृतीका सुनार रहेको जनाइएको छ । मृतकको शव जिल्ला अस्पताल गुलरिया लगिएको र दुर्घटना कसरी भएको भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया