भेरीमा ५० हजार परीक्षण, पत्रकार योगीले दिए प्लाज्मा

भेरी अस्पताल नेपालगन्जले ५० हजार स्वाब संकलन गरेको छ । गत बैशाखदेखि भेरी अस्पतालमा कोरोना परीक्षण सुरु भएको थियो । अस्पतालले बाँके बाहेक विभिन्न जिल्लाबाट आउने स्वाब परीक्षण गर्दै आएको छ ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले अस्पतालमा हालसम्म ४९ हजार ९ सय २७ स्वाब परीक्षणका लागि आएको जानकारी दिएका छन् । बुधबारसम्म आएका सबै स्वाब परीक्षण गरिएको छ । भेरीमा गरिएको परीक्षणमा हालसम्म ४ हजार ५ सय ६३ मा कोरोना पुष्टि भएको छ । गत २४ घण्टामा भेरीमा १ सय १६ स्वाब परीक्षण गरिएकोमा ३२ को रिपोर्ट पोजेटिभ आएको छ ।

दैनिक नेपालगन्जका सहकार्मी पत्रकार भावुक योगीले बुधबार कोरोना पोजेटिभका लागि प्लाज्मा दान गरेका छन् । बर्दिया स्थित रेडियो टाइगरका प्रबन्धक योगीले एन्टिबडी परीक्षणपछि प्लाज्मा दान गरेका हुन् । ‘कोरोना संक्रमितको जीवन जोगियोस् भनेर प्लाज्मा दान गरेको हुँ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया