साधारण सवारी तर असाधारण लाभ त्यो हो साइकल, यसैले त साइकल अहिले संसारभर जबर्जस्त रूपमा देखा परेको छ, साइकल गाथा लेख्ने थालेसँगै साइकल चलाउँदाका बेला भन्दा बढी साइकल सम्बन्धि ज्ञान भरिदै आएको छ ।
धेरै साइकले साथीहरू प्रश्न गर्नुहुन्छ कसरी भेट्नुहुन्छ कथा एउटै साइकलको प्रत्येक हप्ता नयाँ नयाँ ? हो मलाई सुरुसुरुमा यस्तै लाग्थ्यो अनि तनाव हुन्थ्यो कसरी लेख्ने होला एउटै बिषयमा प्रत्येक हप्ता ? तर लेख्दै जादा यो सम्भव भएको छ हुन त मैले मुख्य मुख्य सन्दर्भ छाडेको छैन साइकल का, नेपालगन्जमा पहिलो साइकल देखि शहरमा पाइडल क्रान्तिसम्म लेखि सक्दा धेरै बिषय समेटिएको छ तर यत्रो ठुलो संसारमा कसरी सक्किएला र कथा ? जसरी एउटै श्वास अनगिन्ती हामी फेरिरहन्छौ र हाम्रो जीवन धानिएको छ ठिक त्यसरी नै अनगिन्ती कथाहरु हाम्रो वरिपरि ।
अहिले राजनीति गर्ने बिरलै मानिसहरु पाइडल मारेको भेट्छौ हामी यो केन्द्रमा मात्र होइन टोलमै पनि भेट्न मुस्किल हुन्छ पाइडल मार्ने नेता । तर बेला बेलामा सामाजिक सञ्जालमा आइरहने एउटा श्यामस्वेत फोटोले चर्चा पाउने गरेको छ जुन फोटो फोटोपत्रकार तथा साइक्लिस्ट उषा तितिक्क्षुले खिच्नुभएको थियो र फोटो हो जननेता मदन भण्डारिको । मदन भन्डारिका बारेमा उ बेला विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखे ‘कार्ल माक्र्स लिभ इन नेपाल’ सायद यही फराकिलो चेतना र ज्ञान कै कारण कमरेड मदन भण्डारी अत्यन्त शालीन र सरल हुनुहुन्थ्यो ।
पहिला पहिला चुनावमा प्रमुख साधन साइकल नै हुन्थ्यो चुनावका बेला निकालिएका साइकल जुलुसले नै चुनावी परिणामको आँकलन गरिन्थ्यो साइकल भरी झण्डा लाएर निस्केका चुनावी जुलुस बडो मज्जा कै देखिन्थे ।
बहुदलीय ब्यबस्था सँगै नेताहरूमा बिलासिता भित्रियो, संसदहरुलाइ गाडी किन्दा कुनै अतिरिक्त शुल्क नलाग्ने सुबिधा दिएपछि नेपालमा ‘पजेरो संस्कृती’ भित्रियो, तर कम्युनिस्ट पार्टीका महासचिव काठमाडौका सडकमा नेता कार्यकर्ता भेट्दै साइकलमा गुडेको त्यो दृश्य र राजनीतिज्ञले मारेको पाइडल बास्तवमै अर्थपूर्ण थियो नै यो फोटो नै आफैं मा एउटा सम्पूर्ण कथा हो । त्यस्तै भारत भर मात्र नभएर दुनियाँमा नै चर्चामा रहेका भारतिय नेता महात्मा गान्धीले साइकल चलाएको फोटो तजाकिस्तानले आफ्नो हुलाक टिकटमा समेत राखेको पाइएको छ, संसारमै अहिसावादी नेताका रूपमा महात्मा गान्धीको चर्चा गर्ने गरिन्छ ।
पछिल्लो समय मन्त्री हुँदा साइकलमा झन्डा लाएर मन्त्रालय जान थालेपछि तत्कालीन मन्त्री लालबाबु पन्डित को पनि चर्चा चुलियो उनी प्रती आम जनताको चासो बढ्यो । नेपाली राजनीतिमा राजनीतिज्ञहरु बेला बेलामा सवारी साधन कै कारण चर्चामा आउने गरेका छन् चाहे त्यो करोडौंका सवारी साधनको खरिद होस् वा मर्मतका नाममा लाखौंको खर्च वा साइकल सवारी ।
मलाई याद भए अनुसार पहिला गाबिस हुँदाका बेला स्थानीय जनप्रतिनिधि साइकल नै चढ्ने गर्थे, जिल्ला बिकास समितिका सदस्यहरुले समेत साइकल नै पाउँथे सुबिधा । साइकलले सामाजिक सम्बन्ध पनि बलियो बनाउछ साइकलमा निस्किदा जसरी भेटिने प्रत्येक ब्यक्ति सँग दुआसलाम गर्दै हालखबर सोधेर गफ्फिदै अगाडि बढिन्छ त्यो सम्भव हुँदैन मोटरसाइकल र गाडीमा हुइकिदा । अहियुरोपेली मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिहरु साइकलमा हुइकिएका फोटाहरु बेला मौकामा नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले शेयर गरेको देखिन्छ यसको मनोबिज्ञान पनि हाम्रा नेताहरू बिलासी नहुन सहज र सरल बनुन् भन्ने नै हुन सक्छ ।