बाँके : कोरोना निको हुने दर झण्डै ९४ प्रतिशत

बाँकेमा हालसम्म कोरोना संक्रमित भएका मध्ये ३ हजार ५ सय बढी संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार, जिल्लामा ३ हजार ५ सय ८३ जना कोरोना संक्रमित निको भएका हुन् । बाँकेमा कोरोना संक्रमण निको हुने दर ९३.७० रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।


जिल्लामा कोरोनाबाट मृत्युको दर ०.९९ रहेको छ । बाँकेमा कोरोना रोगको प्रकोप दर ०.६४ रहेको छ । बाँकेमा बिहीबार २६ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १२ महिला र १४ पुरुष रहेका छन् । बाँकेमा हालसम्म ३ हजार ८ सय २४ मा कोरोना पुष्टि भएको छ ।

बाँकेमा हालसम्म ८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये बाँकेका ३८ र जिल्ला बाहिरका ५० जना रहेका छन् । संक्रमणका कारण बाँकेमा जिल्ला बाहिर र जिल्लाका गरी २५ महिला र ६३ पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया