बाँकेका होटल व्यवसायीले नेपाल–भारत सीमामा रहेको होल्डिङ सेन्टर हटाउन माग गरेको छ ।
व्यवसायीहरुले होल्डिङ सेन्टरका कारण व्यवसायमा नकारात्मक प्रभाव परेको र होल्डिङ सेन्टरमा यात्रुहरुलाई समेत असहजता भैरहेको भन्दै होल्डिङ सेन्टर हटाउन बाँके प्रशासनसँग माग गरेका हुन् ।
