नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा लिएको छ ।

धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करणबाट पुरस्कार राशी वृद्धि घोषणा गरिएको छ । विश्वव्यापी कोरोना महामारीको चपेटोमा थलिएको खेल क्षेत्रलाई ब्यूँझाउने गरि क्रिएटिभ ह्यान्ड्सको आयोजनामा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना मंसीर ६ गते हुने भएको हो ।
आयोजकका अनुसार, यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।
यसपटक म्यराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।
‘तयारी तिब्र पारिएको छ,’ आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले प्रेस नोटमार्फत भने, ‘ महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।’
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना गरिंदै आएको छ । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
आयोजकका अनुसार, नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । नेपाल एथलेटिक्स संघले साथ दिएको नेपालगन्ज म्याराथन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुने अध्यक्ष ठकुरीले जानकारी दिए ।
क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैटौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्रगतिमा अघि बढिरहेको छ ।
एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नका लागि हिडौं’ भन्ने नारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको यहाँहरुलाई विदितै छ ।
नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।
आयोजकले शनिवार दिएको जानकारी अनुसार, केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहीं न कहीं तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ ।
म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ ।
दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद, एनओसी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन् ।
कोरोना महामारीका कारण यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउनुपर्ने छ । दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न अनुरोध गरिएको छ ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । ‘पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरेका छौं,’ प्रेस नोटमा भनिएको छ ।
‘राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन्,’ आयोजकले भनेको छ, ‘यसले हामीलाई उर्जा थपिदिएको छ ।’ पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजनाको उद्देश्य रहेको भन्दै आयोजक क्रिएटिभ ह्यान्ड्सले भनेको छ, ‘यसै अनुसार हामीले विगत ५ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौं ।’
कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक सबैले मास्क अनिवार्य गरिएको छ । कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको आयोजकले जनाएको छ । गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो ।
कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदै आएका छन् ।