बाँके प्रहरीले कोहलपुरबाट सात किलो अफिम सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ कोहलपुर नगरपालिका वडा नं. २ बसपार्क स्थित भेरी गेष्ट हाउसको कोठा नं। १०५ मा लागु औषध अफिमको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारी दुई जनालाई सात किलो अफिम सहित पक्राउ गरेकोह ।
प्रहरीले अफिम सहित फेला परेका जाजरकोट नलगाढ न।पा।वडा नं।९ वस्ने वर्ष ४५ को जय बहादुर सिंह र ऐ।ऐ। बस्ने बर्ष ३३ को बिरेन्द्रमान सिंह विरुद्ध थप अनुसन्धान अघि बढाएको छ ।
