भेरी साहित्य समाजमा तिमिल्सिनाकै नेतृत्व

भेरी साहित्य समाज केन्द्रीय समितिको शनिबार भएको छैठौं अधिवेशनले हरि प्रसाद तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्ष समेत रहेको तिमिल्सिना निर्वाचनमा विजयी हुँदै समाजको नेतृत्वमा पुनः चुनिएका हुन् । अध्यक्ष बाहेकको पद निर्विरोध भएको थियो । अध्यक्ष पदमा तिमिल्सिनाले ३६ र उनका निकटतम् प्रतिद्वन्द्वी जगत खत्रीले ९ भोट प्राप्त गरेका थिए ।


समितिको उपाध्यक्षमा महेन्द्र वाग्ले, उपाध्यक्षमा चरित्रा शाह, महासचिव लेक प्रसाद प्याकुरेल, सचिव पुष्पमणि प्रदान, कोषाध्यक्ष फणिन्द्र आचार्य रहेका छन् । त्यस्तै, सदस्यहरुमा मोहम्मद मुस्तफा अहसन कुरैसी, लता शर्मा, नवराज भट्ट, बालकृष्ण शर्मा, खड्ग बोहरा, रामचन्द्र आचार्य, टिकाराम तिमिल्सिना (बर्दिया), पूर्ण समिर महतरा (जाजरकोट), मिना बराल, तारा रोकाय, कोकिला सिंह (सुर्खेत), टिकाराम थापा रहेका छन् । नवनिर्वाचित कार्यसमितिले आगामी तीन बर्षका लागि कार्यकाल सम्हाल्नेछ ।

अध्यक्ष हरि प्रसाद तिमिल्सिनाको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा भेरी साहित्य समाजका सल्लाहकार सनत रेग्मीको प्रमुख आतिथ्यता भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया