कोरोना : बाँकेमा २४ घण्टामा पाँचको ज्यान गयो

थप २३ पोजेटिभ

बाँकेमा २४ घण्टामा पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । मृतक मध्ये चार जना बाहिरी जिल्लाका र एक जना बाँकेका रहेका छन् ।


स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले दाङ्ग तुलसीपुरका ७६ बर्षीय पुरुष, दाङ्ग तुलसीपुर नगरपालिका–१० का २० बर्षीय महिला, बाँके राप्तीसोनारी गाउँपालिकाका ४८ बर्षीय पुरुष, टिकापुर नगरपालिका–१ कैलालीका ५६ बर्षीया महिला, लमही नगरपालिका–१० दाङका ६४ बर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै बाँकेमा बाहिरी जिल्लाका २७ र जिल्लाका ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ ।


शुक्रबार बाँकेमा २३ जना कोरोना पोजेटिभ पुष्टि भएको छन् । जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना पोजेटिभ पाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । यो संख्या जिल्लामा संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया