कोरोना संक्रमित भइ बाँकेमा उपचारका लागि अस्पताल पुग्ने ५३ जनाको ज्यान गएको छ । बाँकेका कोरोना फोकल नरेश श्रेष्ठका अनुसार, जिल्ला भित्रका ३३ जना र उपचारका लागि आउने बाँके बाहिर विभिन्न जिल्लाका २० जनाको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
त्यसक्रममा आज आइतवार मात्रै तीन जनाको ज्यान गएको छ । बाँके खजुराका ४० वर्षीय पुरुष, नेपालगन्ज– १६ जयसपुरकी ७० वर्षीया महिला र टिकापुर– १ कैलालीका ६० वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आजमात्रै बाँकेका २१ जनामा थप संक्रमण पुष्टि भएको छ ।
