बाँके कोरोना अपडेटः एकै दिन २२८ निको

बडादशैंको टिका थाप्ने अघिल्लो दिन आइतवार अहिलेसम्मकै सबैभन्दा धेरै २२८ जना संक्रमित निको भएका छन् । बाँकेमा कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइतवार एकै दिन पटक–पटक गरि २२८ जना डिस्चार्ज भएका हुन् । निको हुनेमा ७९ महिला र १४९ पुरुष छन् ।
आइतवार निको भएका २२८ सँगै बाँकेमा निको हुने संक्रमित संख्या २ हजार ५८५ पुगेको छ । ‘यो ८५ दशमलब ४५ प्रतिशत हो,’ फोकल पर्सन श्रेष्ठले नेपालगन्जन्यूजसँग भने । बाँकेमा २ हजार ९९० मध्ये अहिलेपनि ३७५ जना आइसोलेसनमा उपचारार्थ छन् । ३० जनाको ज्यान गएको छ ।

यसैबीच, बाँकेमा आज आइतवार १३ जना संक्रमित थपिएका छन्

प्रतिक्रिया

प्रतिक्रिया