बर्दियाको भुरिगाउँमा १४ महिनाको सफल जिम्मेवारी सम्हालेर कास्कीस्थित तालिम केन्द्रमा सरुवा भएका प्रहरी निरीक्षक बसन्त पाण्डेसँग दैनिक नेपालगन्जका लागि पत्रकार भाबुक योगीले गरेको संवाद । १४ महिनाको बसाइ अनुभवसँगै कास्की प्रहरी तालिम केन्द्र पोखरामा सरुवा हुँदासम्मका अनुभव बारे प्रहरी निरीक्षक पाण्डेले खुलेर संवाद गरे ।
प्रहरी सेवा प्रवेशबाटै कुरा शुरु गरौं ?
२०७० साल चैत्रको नयाँ भर्ना हो । उती बेला मैले भर्खर मास्टर क्लियर गरेको थिएँ । अब कता जागिर खाने के गर्ने भन्ने थियो । मलाई निजामती सेवामा जागिर खाने ठुलो रहर थियो । त्यो बेला नेपाल प्रहरीमा नयाँ भर्नाका लागि आवेदन खुल्यो । त्यो हिसावले प्रहरीमा दिउँन त भनेर विचार गरौँ न त भनि प्रहरीमा परिक्षा दिएर हिँडियो । एकै पटकमा यता नाम निस्किहाल्यो । अरु निजामतीमा फेरी गरुँ भनेर त्यस्तो मौका मिलेन । प्रहरीमा नै जागिर खाईहालियो । आफुलाई पहिले नेपाल प्रहरीमा जागिर खान्छु भन्ने कल्पना थिएन । कताकता आर्मी बनौँकी जस्तो पनि लाग्थ्यो । तर अहिले जागिर खाईसकेपछि मैले सहि निर्णय गरेको रैछु भन्ने महसुस भएको छ ।
प्रहरी सेवा गर्ने कस्को प्रेरणा ?
मैले खासमा प्रहरी सेवामा प्रवेश गर्नको लागि त्यस्तो विशेष प्रेरणा पाएको चाँही पाएको होइन । मेरो सुरुदेखि नै प्रहरी सेवाप्रति त्यस्तो झुकाव हैन, प्रहरी सेवामा प्रवेश नगर्दै त्यो होइन । तर मैले जब म एउटा मिडल क्लासबाट आएको मान्छे । अध्ययन सकेपछि अथवा मास्र्टस सकिसकेपछि कुनै न कुनै रुपमा जागिर खानुपर्छ भन्ने मलाई भित्रदेखि आएको कुरा र मैले सरकारी अफिसर लेवल पहिलो पटकमा खानुपर्छ भन्ने विश्वास र त्यो किसिमको आत्मवल कायम गरेर कोसिस गरेको हुँ । यसैक्रममा अवसर मिल्छ त्यो सबैमा हात हालेर प्रहरी एउटा अफिसर सरकारी लेवलको जागिर खान्छु भन्ने मेरो इच्छा थियो । त्यसैले कोसिस पनि गरँे पहिलोपटक मैले नेपाल प्रहरीको प्रहरी निरीक्षकमा आवेदन दिएँ अनि त्यसमा नै नाम निस्कियो र अन्य निजामती अन्य सेवा तर्फको त्यो चासो रहेन ।
अहिलेसम्मको सेवा अनुभव ?
हजुर, देश र जनताको सेवा गर्ने क्रममा जुनसुकै भएपनि सरकारी सेवामा लाग्नुपर्छ भन्ने थियो । प्रहरी सेवा छानिएछ, तर एकदम सहि छानिएछ भन्ने अहिले महशुस पनि भैराछ । त्यहाँदेखि सिक्ने मौका पाँए, करिब डेढ वर्ष त्यहाँ बसे सुर्खेत नेपालगन्ज हुदै त्यहाँदेखि सरुवा भएर म बुटवल इलाका प्रहरी कार्यालयमा पोष्टिङ्ग भएँ । करिब १ वर्षको बसाईपछि म चाँही जिल्ला प्रहरी कार्यालय लमजुङ्गमा पोष्टिङ्ग भएँ । त्यस ेपछाडी अन्य सबै साथीको इन्चार्ज जाने भन्ने हुन्छ । सामान्यतया डिआइजी कार्यालयमा बसेको डिआइजीसगँ हिड्ने मान्छेले तुरुन्तै पोष्टिङ्ग पाउने पोष्टिङ्ग लिने भन्ने पनि हुन्छ । सामान्य त, तर मलाई के लाग्थ्यो भने ठिकै छ, त्यो लिँदै गरौँला मेरा अरु साथीहरु इन्चार्जको रुपमा पोष्टिङ्ग भएपनि म एकपटक फिल्ड लेवलमा काम गरेर मात्रै पोष्टिङ्ग इन्चार्ज लेवलमा जानुपर्छ भन्ने हिसाबले बुटवल गएको थिँए । त्यसपछाडि फेरि मेरो त्यहि क्रममा विहे भयो । मेरो श्रीमती लमजुङ्गमा जिल्ला प्रशासान कार्यालयमा कार्यरत हुनुहन्थ्यो । अनि बिहेपछि परिवारलाई केहि समय दिउँ भनेर म जिल्ला प्रहरी कार्यालय लमजुङ्गमा पोष्टिङ्ग भएँ । त्यसपश्चात कार्यालय प्रमुखको रुपमा बर्दियाको ठाकुरबाबा नगरपालिका इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाँउमा आँए र यहाँ पनि १ वर्षको बसाई सकिएको छ । यस क्रममा विभिन्न तालिमहरु, गोष्ठि सेमिनार भयो । करिब मेरो ८, १० वटा तालिम नै भैसकेछ । चार वटा जति पुरस्कार भैसकेछ र यहिँ बर्दिया बसाईँका क्रममा पनि एउटा महिनाको उत्कृष्ठ प्रहरी भन्ने अवार्ड पनि जित्न सफल भएँ । म प्रत्येक ठाउँमा जुन ठाउँमा बसेँ त्यो ठाँउमा कार्यारत कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुखबाट पुरस्कृत भएको छु । यसबाट आफुलाई गौरवान्वित नै सहशुस गरेको छु ।
कस्ता– कस्ता अनुभूति गरियो सेवामा ?
२०७० साल चैत्रमा भर्ना भइसकेपछि करिब डेढ वर्ष भन्दा बढि हाम्रो तालिममै नै बित्यो । त्यसपछि म उती बेलाको क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतमा पोस्टिङ्ख भएँ । सुखेतमा करिब डेढ वर्ष जति त्यहाँ बसे । सुर्खेत बस्ने क्रममा विभिन्न जिल्ला घुम्ने मौका पनि मिल्यो । अब यहाँ प्रहरी महानिरिक्षकको कार्यालयमा कार्यरत भैसकेपछि उहाँको स्वकिय सचिव भनुकी उहाँ सगँसगै हिड्नु पर्ने उहाँको सचिवालयमा कार्यरत भएका कारणले म विभिन्न ठाँउमा हिड्ने घुम्ने, विभिन्न तह र तप्काका मान्छेलाई भेटघाट गर्ने, त्यहाँदेखि सिक्ने मौका पाँए करिब डेढ वर्ष त्यहाँ बसेँ । सुर्खेत नेपालगन्ज हुदैँ त्यहाँदेखि सरुवा भएर म बुटवल इलाका प्रहरी कार्यालयमा पोष्टिङ्ग भएँ । करिब १ वर्षको बसाईपछि म जिल्ला प्रहरी कार्यालय लमजुङ्गमा पोष्टिङ्ग भएँ । त्यसपछि अन्य सबै साथीको इन्चार्ज जाने भन्ने हुन्छ । सामान्यतया डिआइजी कार्यालयमा बसेको डिआइजीसगँ हिड्ने मान्छेले तुरुन्तै पोष्टिङ्ग पाउने पोष्टिङ्ग लिने भन्ने पनि हुन्छ । सामान्य त, तर मलाई के लाग्थ्यो भने ठिकै छ त्यो लिँदै गरौँला मेरो अरु साथीहरु इन्चार्जको रुपमा पोष्टिङ्ग भएपनि म एकपटक फिल्ड लेवलमा काम गरेर मात्रै पोष्टिङ्ग इन्चार्ज लेवलमा जान पर्छ भन्ने हिसाबले बुटवल गएको थिएँ । त्यसपछाडि फेरी मेरो त्यहि क्रममा विहे भयो । मेरो श्रीमती लमजुङ्गमा जिल्ला प्रशासान कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । अनि बिहेछि परिवारलाई केहि समय दिउँ भनेर म जिल्ला प्रहरी कार्यालय लमजुङ्गमा पोष्टिङ्ग भएँ । कार्यालय प्रमुखको रुपमा इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाँउमा आँए र यहाँ पनि १ वर्षको बसाई सकिएको छ । यस क्रममा विभिन्न ताकलिमहरु, गोष्ठी सेमिनार भयो । करिब मेरो ८, १० वटा तालिम नै भैसकेछ । चार वटा जति पुरस्कार भैसकेछ । यहि बर्दियाको क्रममा पनि एउटा महिनाको उत्कृष्ठ प्रहरी भन्ने अवार्ड पनि जित्न सफल भएँ । म प्रत्येक ठाउँमा जुन ठाउँमा बसे त्यो ठाँउमा कार्यारत कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुखबाट पुरस्कृत भएको छु । यसबाट आफुलाई गौरवान्वित नै महशुस गरेको छु ।
झण्डै १४ महिनाअघि बर्दियाको ठाकुरबाबा नगरपालिका इप्रका बगनाहा भुरिगाउँको प्रमुख भएर आईरहदाको सोंच र अहिलेको बुझाइ ?
ठाँउको हिसावले म यहाँ नआउँदै एक किसिमले अनुमान अलि फरक प्रकृति थियो । यहाँ आइसकेपछि अलि फरक देखेँ मैले । मलाई लागिरहेको थियो । यो क्षेत्र भनेको हायवेय क्षेत्र हो । हाइवेय भएपछि पुर्वपश्चिम राजमार्ग भएपछि बजार हुने भयो । चहलपहल त्यति नै हुने भयो । क्राइमरेट त्यति नै हुने अवस्था भयो । दुर्घटना त्यस्तै हुन्छ । भन्ने थियो अलि बढि नै एक्सपेक्टेसन थियो । तर मैले सोचेँ भन्दा थोरै कम मात्रामा सडक दुर्घटनाहरु र ठुला किसिमका अपराधिक क्रियाकलाप कम हुने रैछ । तर साना प्रकृतिका घटना, घरेलु हिंसा र साना किसिमका दुर्घटनाहरु अन्यत्र भन्दा यहाँ बढि हुने रैछ । हाइवेय लाइन मात्रै शहरी परिवेश भए मात्रै हाईवेय भन्दा भित्र धेरै एरिया छ । त्यहाँनिर ग्रामिण परिवेश ग्रामिण परिवेशमा भर्खर मान्छेहरु शिक्षित हँुदै गएको अवस्था र धेरै मान्छेहरु विभिन्न ठाउँबाट बसाई सरेर यहाँ सेटल भएको अवस्थामा यो कम्युनिटी नै अलिकती डाइर्भस किसिमको भएका कारणले पारिवारिक झगडाहरु, थारु र पहाडीबिचमा नदेखिने खालको भित्र खिचातानी थोरै मात्रै त्यो चाँही कुनैकुनै अवस्थामा अलि कुनै एउटा घटना भयो भने त्यो अलि सम्वेदनशिल हुनसक्ने अवस्था त्यो किमिमको पाएँ मैले ।
बर्दिया रहँदा तपाईँको उपलब्धी के के रह्यो ? खासगरी भुरिगाँउसंग जोडिएर आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्दा ?
बर्दियाको बसाईमा म आएपछि एउटा परिचयात्मक कार्याक्रम गरेको थिँए । परिचयात्मक कार्यक्रममा उहाँहरुले मलाई सहयोग गर्नुहोला मेरो यो र त्यो योजना छ भनेर मैले त्यस्तो महत्वकाक्षी योजना चाँही बनाइको छैन । तर मैले यहाँ बसुन्जेल चाँही प्रहरीको एउटा सक्षम र व्यवसायिक प्रहरीको नमुना दिनेछु । भन्ने किसिमको प्रतिवद्धता मैले व्यक्त गरेको थिँए । त्यसक्रममा मैले बिचमा आफ्नो काम गर्र्दै जाँदा म सफल नै भएँ भन्ने महशुस भएको छ र मैले मुख्य फोकस गरेको एरिया भनेको अपराध अनुसन्धान अपराधिक क्रियाकलापको नियन्त्रण त्यो नियन्त्रणमा म सफल भए जस्तो लाग्छ । जस्तै लागुऔषध नियन्त्रणका धेरै मुद्धाहरु दर्ता गरियो । कतिपय लागुऔषध दुव्र्यसनमा फसेकालाई सम्झाई बुझाई गरेर तिनीहरुलाई फलोअप गरेर तिनीहरुलाई छुटाएर सहि दिशातिर ल्याउने काम गरियो । चोरीठगी लगायत सार्वजानिक प्रकृतीका अपराधहरु लगायतमा विभिन्न घटनाहरुमा मानिसहरु पक्राउ गरेर मुद्धा दर्ता गर्नेदेखि लिएर अब यो नेटवर्ककिङ्ग विजनेसहरुका पनि मान्छेहरु पक्राउन गर्ने लगायतको कामहरु गरियो । अपराध अनुसन्धानमा मैले निकै ठुलो भुमिका बहन गरे जस्तो महसुश हुन्छ ।
झण्डै १४ महिनाअघि बर्दियाको ठाकुरबाबा नगरपालिका बगनाहा भुरिगाउँको प्रमुख भएर आइरहँदा कस्तो पाउनुभयो त्यति बेला र अहिले ?
ठाँउको हिसावले म यहाँ नआउदै एक किसिमले अनुमान अलि फरक प्रकृती थियो । यहाँ आइसकेपछि अलि फरक देख मैले । मलाई लागिरहे थियो । यो हाइवे हो । हाइवे भएपछि पुर्वपश्चिम राजमार्ग भएपछि बजार हुने भयो । चहल पहल त्यति नै हुने भयो । क्राइमरेट त्यति नै हुने अवस्था भयो । दुर्घटना त्यस्तै हुन्छ । भन्ने थियो अलि बढि नै एक्सपेक्टेसन थियो । तर मैले सोचे भन्दा थोरै कम मात्रामा सडक दुर्घटनाहरु र ठुला किसिमका अपराकि क्रियाकलाप चाही कम हुने रैछ । तर साना प्रकृतिका घटना, घरेलु हिंसा र साना किसिमका दुर्घटनाहरु अन्यत्र भन्दा यहाँ बढि हुने रैछ । हाइवेय लाइन मात्रै शहरी परिवेश भए मात्रै हाईवेय भन्दा भित्र धेरै एरिया छ । त्यँहा निर ग्रामिण परिवेश ग्रामिण परिवेशमा भर्खर मान्छेहरु शिक्षित हुदै गएको अवस्था र धेरै मान्छेहरु विभिन्न ठाउँबाट बसाई सरेर यहाँ सेटल भएको अवस्थामा यो कम्युनिटी नै अलिकती डाइर्भस किसिमको भएको कारणले पारीवारिक झगडाहरु, थारु र पहाडीबिचमा नदेखिने खानको भित्र खिचातानी थोरै मात्रै त्यो चाही कुनैकुनै अवस्थामा अलि कुनै एउटा घटनाको भयो भने त्यो अलि संम्वेदनशिल हुन सक्ने अवस्था त्यो किमिमको पाएँ मैले ।
बर्दिया रहँदा तपाईको उपलब्धी केके रह्यो ? खासगरी भुरिगाँउसँग जोडिएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दा ?
बर्दियाको बसाईमा म आएपछि एउटा परिचयात्मक कार्याक्रम गरेको थिए । परिचयात्मक कार्याक्रममा उहाँहरुले मलाई सहयोग गर्नहोला मेरो योयो योजना छ भनेर मैले त्यस्तो महत्वकाक्षी योजना चाही बनाइको छैन । तर मैले यहाँ बसुन्जेल चाही प्रहरीको एउटा सक्षम र व्यवसायिक प्रहरीको नमुना दिनेछु । भन्ने किसिमको प्रतिवद्धता मैले व्यक्त गरेको थिए । त्यसक्रममा मैले बिचमा आफ्नो काम गर्र्दै जादा म सफल नै भए भन्ने महशुस भएको छ र मैले मुख्य फोकस गरेको एरिया भनेको अपराध अनुसन्धान अधराधिक क्रियाकलापको नियन्त्रण त्यो नियन्त्रणमा म सफल भए जस्तो लाग्छ । जस्तो लागु औषद नियन्त्रण धेरै मुद्धाहरु दर्ता गरियो । कतिपय लागु औषध दुव्र्यसनमा फसेकालाई सम्झाई बुझाई गरेर तिनीहरुलाई फलोअप गरेर तिनीहरुलाई छुटाएर सहि दिशातिर ल्याउने काम गरियो । चोरी ठगी लगायत सार्वजानिक प्रकृतीका अपराधहरु लगायतमा विभिन्न घटनाहरुमा मानिसहरु पक्राउ गरेर मुद्धा दर्ता गर्नेदेखि लिएर अब यो नेटवर्ककिङ्ग विजनेसहरुको पनि मान्छेहरु पक्राउ गर्ने लगायतको कामहरु गरियो । अपराध अनुसन्धानमा मैले निकै ठुलो भुमिका बहन गरे जस्तो मशसुश हुन्छ । यद्यपी हामी मद्धा चलाउदैनौँ तर मुद्धा चलाउने कार्यालयमा हामीले धेरै ठुलो कन्टु्रभेषन गरेका छौँ जस्तो लाग्छ । जस्तो जर्वजस्तीकरणी उद्योग, बाल यौन दुव्र्यवहार जस्ता केशहरु पनि यहाँ आएपछि पत्ता लगायर हामीले कारर्वाही गरेको अवस्था छ । यस अर्थमा यहाँ अपराधिक क्रियाकलाप सगँसगैँ सडक दुर्घटनाको मुख्य चुनौती हो । सडक दुर्घटनाको क्रममा पनि कम्युनिटी तनाव हुने, सडक बन्द हुने लगायतका कुराहरु पहिले धेरै हुन्थ्ये । म आएदेखि १० मिनेट पनि कुनै सडक तथा राजमार्ग बन्द भएका छैनन् ।
सायदै पहिलो एकजना प्रहरी प्रमुख हुनुन्छ कि विद्यार्थीलाई दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियम बारे पढाउनुभयो कस्तो रह्यो ?
यहाँ मात्रै नभएर अरु ठाँउमा पोष्टिङ्ग हुँदा पनि मलाई एकदम रुचिको विषय विद्यार्थीहरुसँग सगँसगै लगर तिनीहरुलाई शिक्षित गराउदै लैजानु पर्छ भन्ने महशुस भएका कारणले धेरै ठाँउमा मैले विद्यार्थी केन्द्रित प्रशिक्षण पनि गरे । र यहाँका हकमा करिब ३ सय वटा भन्दा बढि कार्यक्रम गरियो । कोही विद्यार्थी केन्द्रित कोही समुदाय केन्द्रित र धेरै वटा विद्यार्थी केन्द्रित कार्याक्रमहरु रहेका छन । तिनीहरुमा समुदाय प्रहरी साझेदारी भन्ने कार्यक्रम अन्तरगत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरियो । लागु औषध दुव्र्यशनीबाट कसरी बच्ने । घरेनु हिंसा भनेको के हो ? त्यसबाट बच्न के गर्नु पर्यो । प्रहरीलाई कसरी सम्र्पक गर्ने । प्रहरी सेवा कसरी लिने ? यस लगत्तै बिचमा कोरोना माहामारी आयो । कोभिड १९ भनेको के हो ? यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ । लगायत स्थानीय तहसँग समन्वय गरेर कोभिड १९ का विषयमा विद्यार्थीहरुलाई धेरै प्रशिक्षण दियौँ । लगभग म बर्दिया ठाकुरबाबा नगरपालिका भित्रका कुनै पनि स्कुल छैनन् मैले त्यहाँ गएर क्लास नदिएको अथवा प्रशिक्षण नगरेको, मलाई समुदाय स्तरमा सचेतना फैलाउनको लागि विद्यार्थी लेवलबाट निकै प्रभावकारी हुन्छ भन्ने लागेको कारणले म सफल नै भए जस्तो लाग्छ । खुसी पनि लाग्छ ।
यस्तो गर्न पाएको भए हुन्थ्यो, सरुवा भयो के भन्नुहुन्छ ?
मेरो लेवलले भ्याउने नभ्याउने भन्ने कुरा अलग कुरा हो । तर मलाई भित्रदेखि महशुस भएको कुरा के थियो भन्दा यहाँ आउदा हाम्रो यहाँको प्रहरी कार्यालय भाडामा बसेको अवस्था छ । प्रहरीको भौतिक संरचना एकदमै जिर्ण अवस्थामा छ । र जग्गा प्राप्त भर्खरै भएको र भवनको व्यवस्था नभएको कारणले जसरी होस मेरो कार्यकालमा भवनको निमार्ण गरेर जान्छु । भनेर धेरै मेहेनत गरेर मैले गर्ने लेवलमा पहल पनि गरे तर मेरो सरुवा भयो । र उद्घाटन हुन सकेन । मैले गरेका पहलहरु सहि ठाउँमा नै भएको छ र लगत्तै अव प्रहरीको भवनको उद्घाटन पनि हुदैछ । बजेटको व्यवस्थापन हुन्छ नै म विश्वास गर्छु । त्यो काम पुरा गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको थियो त्यो हुन सकेन त्यो कुरा छुट्यो । यद्यपी अर्को हाम्रो स्थानिय तहसँग समन्वय गरेर प्रहरी चौकी बगनाहाको निमार्ण गरेर यता पुर्ती नभएको कार्य उताबाट पूर्ति भए जस्तो लाग्छ ।
शान्ति सुरक्षा कायम, चोरी शिकार नियन्त्रण त्यसैगरी लागुऔषध दुव्र्यसनी नियन्त्रण, सवारी दुर्घटना न्युनिकरणमा लागि रहदा यहाँ एउटा प्रहरीको स्वामित्वमा आएको जग्गा भवनको शिलान्यास भैदिएको भए जाती हुन्थ्यो त्यो अपुरो रह्यो हैन त ?
हजुर त्यो अलि अपुरो भयो ।
यहाँका सुरक्षा चुनौती के हो भन्ने लाग्यो । अब यहाँलाई अब आउनेलाई के सुझाव दिन चाहनुहुन्छ ?
यहाँ आउने कार्यालय प्रमुख अथवा प्रहरीले, के महशुस गर्नु पर्छ भन्दा स्थानीय जनतासँग निकै सौर्हाद रुपमा सम्बन्ध राखेर, राम्रो व्यवहार गरेर प्रहरी एउटा सेवक हो । यहाँ हामी प्रहरी सेवा दिन आएको हो । भन्ने किसिमले कार्य गर्यो भने यो ठाउँ त्यस्तो ठुलो चुनौतीपुर्ण ठाउँ हुदैन । तर सानो मात्रै लापरर्वाहीले यो ठाँउ छिट्टै भड्की ठाँउ हो । यो विषयमा निकै संवेदनशिल हुन जरुरी छ । किन भन्दा जस्तो यहाँहरुले महशसु गर्नभए होला म यहाँ आएपछि म कुनै हाकीम हो । म यो ठाँउको ठुलो मान्छे हो । त्यो किसिमको व्यवहार देखाएन जस्तो लाग्छ । म बाहिर हिड्दा बडिगार्ड नै चाहिन्छ । एकदम हाइफाइ गरेर हिड्ने पनि हैन । एक्लै हिड्ने गर्थे , साइकलमा गस्ती गरियो । आफुलाई म यो ठाँउको एउटा सर्भेन्ट हो । सेवक हो । मैले जती सक्दो धेरै सेवा दिनपर्छ । यो ठाँउका स्थानीयको मन जित्न सक्नुपर्छ भनेर लागियो भने यो ठाँउमा सफल हुन सजिलो छ । तर यो कुरालाई महशुस नगरी यो ठाँउ सानो मात्रै कुरा भड्कीएर पनि विगतमा ठुला घटना भएको स्थान हो । त्यो कारणले छिट्टै नै परिस्थिती बदलिने कारणले त्यो विषयमा ध्यान पुर्याउन जरुरी छ जस्तो लाग्छ ।
तपाईँका सहकर्मीसँगै तपाईको कार्य क्षेत्रका स्थानीयबासिन्दालाई जाँदाजाँदै के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा त १४ महिनासम्म मलाई ठाकुरबाबा नगरपालिकामा जुन साथ दिनुभयो । ठाकुरबाबा नगरपालिकाका स्थानीय, बद्धिजीवीहरु, राजनीतिक दलका प्रतिनीधीहरु, विभिन्न पेसाकर्मीहरु, सर्वसाधारणहरु, व्यापारीहरु उहाँहरुलाई यति आत्मिय सहयोग र साथ दिएकोमा धेरै धन्यवाद दिन चाहान्छु । दोस्रो कुरा यो ठाँउमा अझै पनि कम्युनिटीलेवलमा जुन किसिमको हार्मोनी सिर्जना भै राखेको छ । त्यसलाई कायम गराउनु एकदम जरुरी छ । विभिन्न समुदाय र सम्प्रद्धायका मानिसको वाहुल्यता भएको स्थानमा साम्प्रदायिक मदभेद हुनु सामान्य कुरा हो । र कहिलेकाँही जुन सामुदायिक मतभेद छ त्यसले ठुलो रुप लिन सक्छ । त्यसको लागि सबैले आफ्नो स्वार्थ त्यागर अघि बढ्यो भने यो ठाँउ एकदम सुन्दर बन्छ ।
सुरक्षा चुनौतीको जिम्मेवार लिएर आएको एउटा अफिसर महामारीको चुनौतीको सामना गर्नुपर्यो कस्तो रह्यो अनुभूति ?
यो चाही महिले नसोचेको विषय थियो । यसरी कोभिड १९ को महामारी परिएला भन्ने कसैले सोचेका थिएनौँ । तर एक किसिमको नयाँ र दुर्लभ अनुभुति भयो भन्ने ठान्दछु यो विषयमा मैले स्थानीयको सेवा गर्ने क्रममा यो यो कुरामा काम गर्छु भनेर योजना लिएर आएको थिए । त्यो भन्दा फरक प्रकृृतीको त्यो भन्दा फरक स्वादको सेवा दिने सेवा प्रवाह गर्ने मौका मिल्यो । यस क्रममा आफु सरक्षित हुनुपर्ने पहिलो नम्बरमा आफ्नो सिमित श्रोत र साधन छन । प्रहरीलाई बजेटबाट व्यवूथापन गर्ने कुरा त्यो लामो प्रकृया छ । प्रहरीको आन्तरिक बजेट व्यवस्थापन भएको छैन । हामीसँग सिमित श्रोत साधन हुन्छ । विभिन्न स्थानीय तहहरु, स्थानीय जनप्रतिनीधीहरु, सेवाग्राहीसँग सम्बन्धीत संघ संस्था लगायतसँग कोडिनेसन गरेर कोभिड १९ लाई नियन्त्रण गर्नुपर्छ भन्ने महशुस गरेर यसमा हामी धेरै बल प्रयोग गर्याँै मेहेनत गर्यौ । हामीले गरेको प्रतिफल पनि अन्य पालिकामा भन्दा ठाकुरबाबा नगरपालिकामा कोभिड १९ संक्रमण कम छ । हामीले कोभिड १९ को संक्रमण सुरु भएदेखि नै जनचेतना लगायत हाम्रा पुर्व तयारीका कार्यक्रमहरु सुरुदेखि नै गरेको कारणले नै यहाँका स्थानीय कोभिड १९ संग सजक छन सचेत छन् । सरकारले र स्थानीय तहले गरेको घोषणा गरेको मापडण्डहरु र बन्दाबन्दी निशेद्याज्ञाको पुर्ण रुपमा पालना गर्नुभयो । त्यसलाई कार्यान्वयन गराउन म लगायत मेरो टिमले निकै ठुलो मेहेनत पनि गर्यौ मेहेनत गरे अनुसार हामी सफल पनि भयौ । यसरी सफल हुन पाउदा मलाई खुशी लागेको छ ।
कोरोना संक्रमणको माहामारी फैलिन नदिन जसरी सुरक्षर्मीहरु खटिनुभयो तपाईहरु त्यसैगरी जनप्रतिनीधी, स्वास्थ्यकर्मीहरु, सन्चारकर्मीको साथ सहयोग कत्तिको पाउँनुभयो ?
अन्य पालिकामा के छ मलाई थाहा भएन तर यस पालिका भित्र धेरै नै साथ मिल्यो । स्थानीय तहका जनप्रतिनीधीहरु, अन्य पेशा व्यवसायी साथीहरु, सन्चारकर्मी साथीहरु लगायत सम्पुर्ण व्यक्तिहरुबाट नै यति सहयोग भएको कारणले कोरोना नियन्त्रणका लागि हामीले गरेका पहलहरु तिनीहरु सहि र सफल दिशामा गए । भन्ने मलाई लाग्छ ।
तपाई यहाँबाट जाँदै गर्दा ती ब्याटमिन्टन खेल्ने साथीहरु व्यायामको रुपमा सोचिरहेकाहरु राम्रो एउटा खेलाडी गुमाउँदैछौँ भन्दै छन् के भन्नुहुन्छ ?
रमाइलो प्रश्न गर्नुभयो, एकदमै खुसी लाग्यो । यो ठाउँमा एक किसिमको माहोल होला भन्ने महशुस भएको थियो तर म आउदा खेरी मैले व्याडमिन्टन र्याकेट लिएर बाहिर निस्कदै गर्दा कोहि पनि भेटिदैनथ्यो । पछि एक दुई जना साथीहरु भेटिनुभयो हामी खेलिहाल्छौ भन्नुभयो । अनि सुरु गरियो । उहा नेट टाँगेर खेल्ने चलन नै रैनछ । यस्तै कोरोना आएको छ दुरी कायम गरेर खेललाई निरन्तरता दिनुपर्छ । सबै भन्दा ठुलो स्वास्थ्य हो स्वास्थ्य नै रहेन भने अरु धेरै सम्पत्ती कमाएर धेरै पब्लिकको सेवा गरेर के मतलव भो र त्यो हिसावले मशसुर गरेर मैले पहल गरे । सुरुमा मेरै अफिसका २, ३ जनालाई लगेर गए, यसरी खेल्ने भनेर पोजिसन सिकाए । बिहानमा मर्निङ्ग वाकमा जाउ परसम्म भन्ने पनि गरियो । तर अहिले महशुस के भएको छ भन्दा एउटै किसिमको वानी पारेको छु जस्तो लाग्छ । यसमा मेरो योगदान छ जस्तो लाग्छ । विभिन्न श्रोत साधन, विभिन्न साथीहरुसँग सहयोग मागेर उपलब्ध श्रोत साधन प्रयोग गरेर अहिले हामी कम्तीमा कर्बड हलभित्र गेम खेल्ने अवस्थामा पुगेका छौँ । पहिले हामी बाटोमा दुई जनाले मात्र खेल्ने चलन हुन्थ्यो । कम्तीमा माथिल्लो लेवलमा पुगेका छौ । यसको क्रेडिट तपाईले दिनुभयो यसको लागि तपाईलाई धन्यवाद दिन्छु ।
खेलकूदका मामिलामा तपाईंको सुझाव ?
यो ठाउँ भनेको राम्रो इतिहास बोकेको राम्रा मान्छेहरु जन्माएको ठाउँ हो । यो ठाउँले गर्भिलो इतिहास बोकेको छ । र यो ठाँउ प्राकृतिक सम्पदाले पनि भरिपुर्ण ठाँउ हो । हामीसँग भएका श्रोत र साधनको प्रयोग गरेर यो ठाँउको विकासमा लाग्नु पर्छ । आफ्नै ठाँउमा भएका सम्भावनालाई पहिचान गरेर विभिन्न श्रोत र साधनको प्रयोग गरेर यो ठाँउ मेरो हो यो ठाँउलाई व्यापक बनाउँछु भनेर स्थानीय सबै सरोकारहरु लाग्नुभयो भने भुरिगाउँ लगायत ठाकुरबाबा नगरपालिकाको उज्ज्वल भविश्य छ । सबै सम्भावना बोकेको ठाउँ हो स म सुझाव के दिन चाहान्छु भन्दा विकास निमार्णको सवालमा सबै जना सबै पार्टी सबै जाती, जुनसुकै सम्प्रदाय एक हुनपर्छ । आफ्नो ठाँउको विकासमा जुनसकै पार्टीले गरेको भएपनि त्यसलाई सर्पोट गर्नुपर्छ । त्यो गर्नुभयो भने ठाकुरबाबा नगरपालिकाको भविष्य उज्ज्वल छ भन्ने लाग्छ ।
यहाँको बसाईमा यहाँको पालिकामा इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाँउभित्रमा साँच्चै प्रहरीले नागरिकमैत्री भएर काम गर्यो । प्रहरी मेरो साथी नारा कार्यान्वयन भए जस्तो लाग्छ ?
यहाँले महत्वपुर्ण प्रश्न गर्नुभयो । प्रहरी मेरो साथी भन्ने नारा प्रहरी र समुदाय अथवा सम्प्रदाय बिचको हो । जुन सम्बन्ध थ्यो साथीत्वको सम्बन्ध जतिबेला सम्पकै गर्न मन लाग्यो त्यति बेला सम्पर्क गर्न सकिने जति बेला सेवा लिन मन लाग्यो त्यति बेला सेवा लिन सकिने अवस्था भयो भने न त्यो साथीको सम्बन्ध भयो र त्यो अवस्था मैले सिर्जज ागर्न सके हाम्रो टिमले सिर्जना गर्न सक्यो भन्ने महसुश हुन्छ मलाई र हामीले जुन प्रयास गरेको छौँ । त्यो सबै प्रयासहरु स्थानीयवासीको सहयोग र साथमा गरेका छाँै । त्यो हिसाबले पनि यहाँ भएको सम्पुर्ण सरोकारवालाहरुलाई प्रहरी हाम्रै हो । हाम्रै लागि प्रहरीले मेहेनत गरेको छ भन्ने परेको छ भन्ने लागेको छ । त्यसकारणले त्यो विषयमा म सफल नै भए भन्ने लागेको छ । अब यो जनताले मुल्याङ्गन गर्ने कुरा हो ।