कोरोना कहरले ज्यान लिनेहरुको संख्या बाँकेमा पनि थपिएको छ । महेन्द्र बहुमुखी क्याम्पसका सह– प्राध्यापक डोलराज भण्डारीको गएराती निधन भएको छ । नेपालगन्ज– १ निवासी ५० वर्षीय भण्डारीको शुक्रवारराती १० बजे निधन भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
गत असोज २५ गते कोरोना संक्रमणको शंका लागेर स्वाब टेष्ट गराएका भण्डारीलाई अर्काे दिननै संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्टनै श्वासप्रश्वासमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना गरिएका उनको शुक्रवार राती निधन भएको अस्पतालले जनाएको छ ।

योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेहरुको संख्या ३० पुगेको छ । भण्डारीको शव व्यवस्थापनका लागि मान लगिने अनुमानमा कयौं स्थानीयवासी, उनका शुभेच्छुक विहानैदेखि मानखोला पुगेका छन् ।