कोरोना कहरले बाँकेमा उकालो लिने क्रमले तिब्रता पाएको छ । आज शुक्रवार २४ जना थपिएका छन् । त्यसँगै बाँकेमा संक्रमितहरुको संख्या २९ सय २५ पुगेको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, ५५७ जना सक्रिय संक्रमित रहेको बाँकेमा २३ सय १५ निको भएर घर फर्किएका छन् । ९८ जना अस्पतालमा उपचार गरिरहेका छन्, भने बाँकी विभिन्न आइसोलेसनमा छन् ।
गत बैशाख १९ गते नेपालगन्जमा एक जनामा संक्रमण पुष्टि भएयता २९ जना जिल्ला भित्रका संक्रमित र विभिन्न ठाउँबाट उपचारका लागि आएका विभिन्न जिल्लाका १६ जना गरि ४५ जनाको बाँकेमा निधन भएको छ ।
कोरोनाले संक्रमण विस्तार गरिरहँदापनि बाँकेमा कोरोना संक्रमणले झनै तिब्रता पाएको छ । खुलेआम स्वास्थ्य सुरक्षाको मापदण्डअटेरी बढ्दै गएपछि संक्रमणले तिब्रता पाएको हो । यसले दशैं पर्वलाई अझ सतर्कतापूर्वक मनाउनुपर्ने संकेत दिएको छ ।