कथा–०१
रातको ०९ बजेको छ । म खाना खाएर सोफामा पल्टेर मोबाईल चलाउँदै छु । फेसबुक मेसेन्जरमा मेसेज आउछ ।
‘दाइ भोलिको साईकिलिङ रुट कता हो ?’ उसले सोधी ।
‘बिहान ०५ः३० मा धम्बोजी चोक आईज । नयाँ रुट जाउला’ मैले उत्तर लेखे ।
मैले चिन्दा उ सानी थि । त्यस्तै ७÷८ कक्षामा पड्थी होला । उसको दाईहरु सग सगै पढेको अनि डेरा सँगसँगै बसेको हँुदा उ सँग बैनीको नाता छ त्यसैले ‘त’ नै भन्ने गर्छु । यसैमा आत्मीयता छ । म सखुवासभाबाट नेपालगन्ज आएको आफन्त साथी जे भने नि उनै हुन्थे । दाइ लाई दाइ भाईलाई भाइ बैनी लाई बैनी नाता गाँसियो । पछि उ नर्सिङ पड्न नेपालगन्ज आए पछि नजिक भैयो ।
कथा–२
साबिक कै स्थान र समयमा भेटेर हामी नेपालगन्जको पूर्व दिशा नगरपालिकाको डम्पिङ साइड हुँदै बनकट्टि बाट राप्ती रोड हुँदै घर आउने योजना का साथ अघि बड्यौ । डिउटी जाने चटारो दुबैलाई छ । उसले भर्खर साईकिलिङ सुरु गरेकोले हुनाले मलाई उसको स्पिडमा हिन्न पर्छ । पेशाले उ नर्स बाटोमा कुरा हस्पिटल कै हुन्छ । ‘मुल्लाका यात्रा मस्जिद तक’ भने झै नर्सको जिन्दगी हस्पिटल र घर नै हो । मोर्निङ, ईभिनिङ र नाइट ड्युटी एटिम अफ यसरी नै जान्छ जिन्दगी । न दशै, न तिहार राम्रो सग मनाउने पाइने ।
‘आजभोली डिउटी पनि १२÷१२ घन्टाको छ । हिजो नाइट डिउटिमा ६२ नम्बर को बिमारिको भिजिटरले दिमाग खराब गर्यो यस्तरी गाली गरे दाई बल्ल चुप लाग्यो’ उसले नर्सको रात्री कालिन जागिर को पीडा सुनाई । नर्स र भिजिटरको झगडा हस्पिटलमा सामान्य नै हो प्रायः भै रहन्छ । भेरी अस्पतालको बर्न वाड भिजिटको क्रममा सिस्टरहरुको कति गुनासो सुनेको छु । बाटो काट्न छ मैले के भो र ? कुरा लम्ब्याउन खोजे ।
‘मेरो पालामा हिजो हाम्रो वार्डमा ६५ जना बिरामी । हामी २ जना स्टाफ । सबै पेसेन्टको मेडिसिन दिंदा भाइटल लिदा खाना खाने बेला रातको १२ बज्न लागेको थियो । के खाना खान बसेको एक जना बिरारीको मान्छे आयो मेरो मान्छेले औषधी पाएन भन्दै कराउन लाग्यो । खाना छोडेर गएर देखाई दिए । खुवाको भनेर सम्झाए । फर्केर खाना खान थाले । फेरि उसैको अर्को साथी आएर त्यो औषधी हैन भन्न थाल्यो ।
तिमी मान्छे हौ कि के हौ रातको १२ बजे खाना खान लागेको छु । सक्न पनि दिदैनौ । हामी मान्छे हैनौ । तिमी बजार डुलेर जाँड खाएर आएर फाल्तु कुरा नगर । अघि कहाँ गा थियौ औषधी दिने बेला, बस्न पर्दैन । तिमी बिरामी रुङ्न आएको कि डुल्न आएको ? गएर बस आफ्नो ठाउँमा ।
त्यो त गयो चुपचाप तर छिन छिनमा अरु पनि आए आँखा झिमिक्क पार्न पाइएन ।
६५ बिरामी २ जना भिजिटर भै हाले । १५० जना जति मान्छे सँग बोल्दा त हैरान नै हुने भो नि, मैले सान्त्वना दिन खोजे । ठूलो हस्पिटलमा सबै हस्पिटलले नै गर्छ भिजिटरको काम नै हुँदैन । त्यहाँकोलाई कति आनन्द यहाँ त यस्तै हो । जस्तो हस्पिटल उस्तै बिरामी ‘हो नि दाइ उसले थपी’
कथा ०३
अलि बोलक्कड बानी भएकोले म हावा भन्छु उसलाई । हावा कुरा नगर भन्दा भन्दै नाम नै ‘हावा’ भै गो । दाईले माया गरेर भनेको ठानेर उसले पनि केही भन्दिन । उसको कुरा सक्किए पछि हामी दुबै चुप चाप साईकल चलाई रयौ । साईकल् को गति सामान्य छ । हामी पुरैनी कटेर अगाडि पुगि सकेका छौ ।
‘गाउँका बिरामीले हस्पिटलमा अक्सिजनलाई अक्सिजन भन्न नजानेर हावा भन्छन रे नि हो ? मैले जोकको शैलिमा भने, उसले दाईले मलाई गिज्यायो भन्ने बुझी अनि बेस्सरी हासी ।
कच्ची ग्राभल बाटो हुँदै हामी अगाडि बढ्दै छौ । गफ प्रायः घर परिवार, पुराना कुरा, काम गर्ने केटिले काम, हस्पिटलको डिउटीको प्रायः यस्तै हुन्छन् । मेरो भाग्य गज्जबले उ सँग जोडिएको छ अप्ठ्यारोमा उसैले साथ दिन्छे । घर किन्दा बैकिङ प्रोसेस ढिला भो । घरको पैसा दिने भाका आइसकेको थियो । सामान्य भलाकुसारी पछि उसैले सोधी के छ । पैसा दिने भाका आई सक्यो बैकले ढिला गर्यो हेर न के गर्ने तनाव भै रा छ । बैकमा जम्मा गर्न बोकेको १ लाख रुपैयाँ तुरुन्त दि । श्रीमान सँग सल्लाह गरेर बाकी ४ लाख पनि उसैले दी । त्यो बेला मेरो ठूलो समस्या निदान भो । पछि बैकको लोन स्वीकृत भए पछि फिर्ता गरे । त्यो बेला धेरै साथीलाई १ महिनालाई पैसा माग्दा पाइन ।
छोरी जन्मिदा पनि ड्यिुटी नभएको मान्छेलाई पनि बोलाए । हिरा शर्माले पनि सहयोग गरिन । डाक्टर बिनोद आर्याल चिनजान कै हुनु हुन्थ्यो । छोराको पालामा पाटन अस्पतालमा कति दुःख पाए । बिहान ०८ बजे अप्रेसन थियटर भित्र लगेको श्रीमती दिउँसो ४ बजेसम्म खबर पाइन्न । चिनजान नहुँदा कति गारो हुन्छ । १५ मिनेटको अप्रेसन कति समय लाग्यो केभो कस्तो भो दिन भरी छटपटिमा बिताए । पहिले बच्चा जन्माउने बेला समयमा हस्पिटल पुग्दा पनि साल घाँटीमा बेरिएर खेरा गएको थियो । त्यहि भएर छोराको पालामा काठमाडौ गएको थियौं । डेलिभरि प्रति म अति संवेदनशिल छु ।
यो पटक आधा घण्टामा उसैले छोरी ल्याएर मेरो हातमा हाल्दी । लौ छोरीको बाउ हुने भो दाजै भन्दै । हासी खुसिले । तलाई पनि बधाई छ फूपू भएकोमा, मैले जवाफ फर्काए ।
कथा–०४
हामी अगाडि बड्दै छौ । लगातार साइकलको पाइडल मार्ने काम भएको छ । असोजको महिना गर्मी अझै बाकी छ । असिन पसिन छौ हामी दाजु बैनी ।
उ नेवारको छोरी म नेवारको ज्वाइँ अब कुरा नेवारको निस्कियो । तलाई नेवारी आउँछ ? मैले सोधे, आउँदैन । तर, घरका मान्छे कुनै कुरा मैले नसुन्नु पर्ने छ भने नेवारीमा कुरा गर्छने ।
यो नेवारको चलन भित्र पर्छ। बुहारी ज्वाईले कुरा नबुझुन भनेर हो । मैले उत्तर दिए । हामी दुबैको पीडा मिल्यो हामी हाँस्यौ । तर, म सानोमा नेवारी बोल्थे रे । आमाले भन्नु हुन्छ । मलाई हुर्काउने आमा झापा तिरको बाहुनी म झापाली जस्ती भए ।
म भक्तपुरको नेवारको छोरी २ बर्षको हुँदा मेरो बुवा बित्नु भएको । आमाले दाईलाई आफूसँग राखेर मलाई एसओएस भक्तपुरको जिम्मा लगाउनु भएछ । त्यस पछि मलाई सुर्खेत ल्याइएछ । यहाँ भर्खर खुलेको रहेछ । म खाली रुने नेवारी मात्र बोल्ने । कोहीसँग नमान्ने । हुर्काउने जिम्मा पाएकी आमा बाहुनी बुझ्ने कुरै भएन । त्यहाँ कसैले न बुझ्ने । म केही पनि न खाने, न खेल्ने रुने मात्र । नेवारीमा चिच्च्याने रे । यो केटीले के भन्छे भनेर सब आजित भएछन् । एक दिन भक्तपुरबाट आउनु भएको नेवार पाहुनालाई यो नानीले के भन्छ सोध्दा म जान्छु । बस्दिन भन्दो रहेछु । बिस्तारै म भुलिदै गए सँगसँगै नेवारी पनि भुले । एकै पेटबाट जन्मेको दाइ अनि आमा पनि । मेरो स्मृतिबाट अहिले सबै कुरा हराए । अहिले त म बाहुनीको छोरी पो हँु । उसले सिरियस टपिक भो भन्ने बुझेर सामान्य बनाउन खोजी । धेरै कुरा मलाई पहिला पनि थाहा भएकोले ‘त झापाली नै हो’ मैले भने ।
अब पानी खान र एक छिन आराम गर्न बस्यौ । कुराको पोका फुकी सकेको थियो । तिमीहरु कति जना थियौ नि त्यो बेला । मैले त्यो बेलाको कुरा जान्न खोजे ।
सुर्खेत बिरेन्द्रनगरको सिरान कालागाउँमा एसओएसले चलाएको सुविधा सम्पन्न भिलेज छ । हर्मन माइनरले दोस्रो बिश्वयुद्ध ताकाको टुहुरा बालबालिकालाई संरक्षण दिन खोलेको संस्था हो । त्यो बेला १० घरमा ७ बच्चाका दरले हुन्थे । संस्थामा बाहिर समाजमा जस्तै भिलेजको नाम छ । बुवा हुन्छन् अनि आमा छोरा छोरी हामी भै हाल्यौ । ७ घरको ७ आमा १ बुवा अनि अन्कल आन्टिको संरचना हुन्छ त्यहाँ । डिबि बाबा सारै माया गर्ने हामीलाई । उहाँकै नामबाट नागरिकता लिए । अहिले रिटायड हुनु भो । अहिले पनि बाबू छोरीको भेटघाट हुन्छ । गत बर्ष नेपालगन्ज पनि आउनु भो भेट्न ।
खान बस्न शिक्षाको अन्तर्राष्ट्रिय स्तरकै ब्यबस्था हुन्छ । नियमित स्वस्थ्य चेकजाँच हुन्छ । हामी बिपन्न घरबाट आए पनि हाम्रो बाल्यकाल रहिस खानदानी घरको बच्चाको जस्तै बित्ने गर्दछ । ब्रेकफास्टबाट सुरु हुने दैनिकी माछा मासु अण्डा बच्चाले पाउने पर्ने सबै कुरा पाइन्छ । लगाउने कपडा जाडो गर्मी सबैमा छुट्टाछुट्टै आमाहरुले ब्यबस्था गर्नु हुन्छ । यो त ज्यान बचाउने उपाया भए तर ठूलो कुरा समाजमा कसरी घुलमिल हुने सामाजिक कसरी बन्ने भन्ने कुरा चै सिकिन्न जुन पछि आएर समस्या बन्दो रहेछ । समाजको चाल चलनमा हिड्न नजानेर अथवा बदलिन नसकेर कतिले साथीले सुसाइड गरे । एसएलसी पछि होस्टलमा बस्न पर्ने । ब्वाईलर कुखुरा जस्तो ४ दिवार भित्र बसेको बच्चा हामी अब खुला समाजमा भिज्न नसक्ने भयौ ।
कथा–०५
एसएलसी पछि म नर्सिङ पड्न लागे । ३ बर्ष नर्सिङ रमाइलोसँग बित्यो । धेरै ठाउँबाट आएका भिन्न संस्कृतिको साथीभाइ सिनियर दिदीहरु जुनियर बैनीहरुबाट धेरै कुरा सिके । नर्सिङ सकेर निस्कदा अब म बाहिर समाजको केटाकेटी जस्तो बाठो भै सकेको थे तर एउटा समस्या भने मेरो छ दै थियो । अरुको परिवार छ । भर अभर सहयोग हुन्छ । म भने चाँडै आत्म निर्भर भएर संस्था छोड्न पर्ने दवाब छ । सधै संस्थाको होस्टेलमा बस्न पाइन्न । अब चाहियो जागिर । मेडिकल कलेजमा त्यही पढेकाहरुलाई जागिर दियो तर मलाई दे न । के गर्ने जुक्ती निकाले । नर्सिङ पड्दा ताका डाक्टर किदवाईलाई चिनेको थे । वहाको कार्यकक्षमा भन्न गए । मनकारी किदवाई साहेबले एक बचनमा जागिर दिए । अब जीवन चल्ने भयो । संस्थालाई धन्यवाद दिदै अब बाहिर डेरामा बस्न थाले ।
समाजको आँखा पनि हामीलाई हेर्ने अलि भिन्नै पाए । अनाथालयबाट आएको भने पछि गर्ने विभेद पनि भोगियो । यिनको बोल्ने मान्छे पर्दा सहयोग गर्ने कोही छैन भनेर डेरा बस्दा हेला हिंसा भोगियो तर सबै कहाँ त्यस्ता मात्र होला न र घर नै जस्तो माया गर्ने घरहरु पनि पाए उनले गर्दाचाडबाड दशै तिहार तिज कहिल्यै खल्लो भएन, उसले सकारात्मक पक्षपनि बताई ।
कथा–०६
नर्सलाई केटाहरू पच्छाउने नै भए । हाम्रो पालासम्म नर्सिङ पेसा इज्जतदार थियो । सजिलै जागिर पाइन्थ्यो । जागिरे केटी खोज्न केटाहरु नर्सिङ कलेजका गेट तिर झुम्मिन्थे उ बेला । पछि लाग्ने नै भए । मेरोमा पनि त्यही नियम लागू भो । सामान्य चिनजान जात पनि मिल्ने भएकाले मैले विवाह गरे । मलाई चाँडै सामजमा पुरर्मिलन हुन थियो । म नर्सको जागिर उसको गिप्mट पसल थियो घर थियो सासू सारै असल पाए । अब मेरो जीवन सोचे जस्तो भयो । यसैबीच छोरा भयो । छोरा छोडे पछि उ कोरिया गयो । उता राम्रै कमाई गर्यो । जीवनले अब भने गति लियो ।
यो बिचमा हामी पहिला मोडिएकै ठाउँ पुरैनी आइसकेका छौ । अब घर पुग्ने हतार छ दुबैलाई । हल्का थकान पनि छ । अब दुबै मौन छौ । साइकलको गति फुलटेक्रा हुँदै त्रिबेणी मोडबाट त्रिभुवन चोक बिपि चोक हुँदै आ–आफ्नै बाटो लाग्छौ ।