पर्वका बेला यातायातमा चाप ह्वात्तै बढ्ने गरेको छ । हवाई होस् वा स्थलगत यात्रुले सहजै सवारी साधन पाउन सहज हुँदैन । तर, यसपटक हवाई र स्थलगत दुवै यातायातका साधनमा यात्रुलाई पछिल्ला बर्षहरुको जस्तो सिटका लागि समस्या झेल्नु परेको छैन । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा मानिसहरु अत्यावश्यक बाहेकको यात्रा गर्न छाडेकाले पनि हवाई तथा स्थलगत यातायातमा सिटका लागि समस्या नहुने गरेको हो ।
सरकारले हवाई तथा स्थलगत यातायातमा प्रत्येक सिटमा यात्रु राख्न पाउने निर्णय यसअघि गरिसकेको छ । सुरुमा हवाई यातायातमा मात्र प्रत्येक सिटमा यात्रु राख्न पाउने निर्णय गरेको सरकारले स्थलगत सार्वजनिक यातायातमा पनि प्रत्येक सिटमा यात्रु राख्न पाउने निर्णय गरेको हो । यसअघि बसका दुई वटा सिटमा एउटा मात्र यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गरेर लिन पाउने निर्णय सरकारले गरेको थियो । तर, यातायात व्यवसायीले दोब्बर भाडा लिंदा यात्रु र व्यवसायीबाट समेत सार्वजनिक यातायातमा क्षमता अनुसार यात्रु बोक्न नपाएको भन्दै विरोध सुरु भएको थियो ।
पर्वका बेला हवाई यातायातमा लामै पालो कुर्न पर्ने अवस्था थियो । हवाई यातायातमा सिट नपाउँदा दोब्बर सम्म भाडा तिरेर यात्रुहरु गन्तव्य तर्फ लाग्थ्ये । तर, यसपटक भने अवस्था फरक छ । हवाईजहाजले क्षमता अनुसारको यात्रु पाएका छैनन् । जसले गर्दा प्रतिस्पर्धामा कुनै कुनै गन्तव्यमा बसकै बराबर हवाई यातायातको शुल्कमा यात्रा गर्न पाउने व्यवस्था रहेको छ । हवाई भाडा घटेपछि मानिसहरु स्थलगतभन्दा हवाई सवारीमा आकर्षित भएपनि हवाई तथा स्थलगत यातायातका साधनले आफ्नो क्षमता अनुसार सेवाग्राही पाउन सकेका छैनन् ।
नेपालगन्जदेखि काठमाडौंको सरदर भाडा ५ हजार २ सय रहेको छ । तर, पछिल्ला दिन यात्रु पाउन छाडेपछि हवाई कम्पनीहरुले २ हजार २ सयदेखि २ हजार ५ सयसम्म यात्रु उडाइरहेका छन् । नेपालगन्जबाट पहाडी जिल्लामा जाने हवाई यात्रुहरुको संख्यामा पनि कमी आएको छ । पहाडी जिल्ला जाने जहाजहरुले आउँदा यात्रु पाउन छाडेको नेपाल ट्राभल्स एण्ड टुर्स एसशोसिएसन बाँके च्याप्टर अध्यक्ष अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । ‘कोरोको मार हवाई, स्थल यातायात व्यवसायीसँगै ट्राभल्स एण्ड टुर्स व्यवसायीहरुलाई पनि परेको छ’, उनले भने । गतबर्ष १० हजार तिर्दा पनि यात्रुहरु हवाई यातायातको टिकट पाउन मुस्किल भएको सम्झदै अध्यक्ष सिग्देल भन्छन्, ‘यो बर्ष अवस्था फरक भएको छ ।’ उनी भन्छन्, पर्वका बेला हवाई कम्पनीहरुले यात्रुको चापलाई हेर्दै भाडा बढाएर आफ्नो घाटा पूर्ति गर्दथ्ये, तर यो बर्ष घाटामै उडान गर्नुपर्ने अवस्था रहेको छ ।
दशैँको संघारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ ।
काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।
हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउछन् । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । भएका बुकिङ पनि काठमाडौँबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् । बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दशैँका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताउँछन् । उनका अनुसार, काठमाडौँबाट एकतर्फी बुकिङ सामान्य छ । फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् । यसपटक दशैँको एक÷दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।
सामान्य अवस्थामा दशैँका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि नै टिकट बुकिङ भइसक्थ्यो । यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन । यती एयरलाइन्सका यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले सधैँको बुकिङ पहिलाको जस्तो उत्साहबद्र्धक नभएको बताउँछन् । कोभिड महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन ।
प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटारबाहेकका गन्तव्यममा सधैँका लागि सहजै टिकट पाइनेछ । यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ । यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दशैँका लागि बुकिङ सन्तोषजनक नभएको बताउँछन् । अहिले दशैँका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी कुपेन्सी राम्रै रहेको उनले बताए । श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यसपटकको दशैँका लागि हवाई उडानमा उत्साहजनक नभएको बताउँछन् । उनका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन । सधैँको तीनरचार दिन दुई ÷ चार उडान थपिने प्रवक्ता शर्माले बताए । भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी गन्तव्यमा दशैँका लागि केही उडान थपिनसक्ने उनको भनाइ छ ।
विगतका दशैँ, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो । कोभिड–१९ महामारीका कारण छ महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ । राजधानी काठमाडौँलगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ । महामारीबाट जोखिन यस पटकको दशैँमा विगतकोजस्तो चहलपहल हुनेछैन । सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन । सरकारले पनि दशैँ जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रह गरिरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।