भेरीलाई रोटरीको साथः उपहारमा पीसीआर

रोटरी क्लब इन्टरनेशनलले १० लाख मूल्यको पोर्टेबल पीसीआर मेसिन भेरी अस्पताललाई प्रदान गरेको हो ।


कोरोना महामारीका बेला कोरोना भाइरस परीक्षणमा सघाउने गरि रोटरी क्लव अफ नेपालगन्जले भेरी अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको छ । शनिवारमात्रै पदस्थापन गरेको डा. विनोद कर्ण नेतृत्वको क्लबले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ बाट प्राप्त पीसीआर मेसिन आइतवार भेरी अस्पताललाई हस्तान्तरण गरेको हो ।
‘यसले भेरीलाई काम गर्न निकै ठुलो सहयोग पुग्छ,’ पीसीआर मेसिन ग्रहण गर्दै भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘एक्सट्रयाक्शन मेसिन जडानपछि एउटा पीसीआर मेसिनले काम पर्याप्त क्षमताको उपयोग थिएन, अब दुईवटा पीसीआर मेसिन भाइरस परीक्षणका काम गर्ने छन् ।’ पीसीआर मेसिन थपिएपछि भाइरस परीक्षणका लागि सहजता मिल्ने विश्वास व्यक्त गर्दै डा. थापाले एउटा पीसीआर पुरै कोरोना परीक्षणमा लागिरहँदा टिबी, हेपाटाइटिस लगायतको परीक्षणमा बैकल्पिक पीसीआर मेसिनका रुपमा पनि उपयोग गर्न सकिने बताए ।
आइतवार औपचारिक कार्यक्रमबीच रोटरी इन्टरनेशनलका डिष्ट्रिक गभर्नर राजीव पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका प्रमुख डा. थापा, कोभिड विशेष अस्पतालका संयोजक डा. श्याम सुन्दर यादवलाई पीसीआर मेसिन हस्तान्तरण गरे ।
कोरोना महामारीबीच रोटरी इन्टरनेशनलले नेपालका सबै प्रदेशका लागि कम्तिमा एक÷एक पुग्ने गरि १० वटा पीसीआर मेसिन खरिद गरेको डिष्ट्रिक गभर्नर पोख्रेलले जानकारी दिए । ‘झण्डै २२ करोडको योगदान यस महामारीबीच रोटरीले आफ्नो कोषबाट गरिसकेको छ,’ उनले भने । नेपालगन्जमा पनि अस्पतालका लागि जग्गा भवन निर्माण भन्दा उपकरण, औषधिलगायतमा माग तथा आवश्यकताका आधारमा सहयोग गर्दै जाने पोख्रेलको भनाइ थियो ।


अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, मेसु डा. थापा, कोभिड विशेषका डा. यादव, रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा रेवन्त भट्टराईलगायतले परीक्षणका दायरा बढाउन पीसीआर मेसिन प्रभाकारी हुने धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रोटरी क्लबका लोकेन्द्र चन्दले गरेका थिए । हेर्नुस् भिडियो

प्रतिक्रिया

प्रतिक्रिया