अन्ततः नक्कली नागमणि

उ बेला साइकल गाउमा ठूलै सवारी साधन मानिन्थ्यो । साइकलमा लिफ्ट दिंदा बाट शुरु भएको हाम्रो प्रेमपछि बिबाहमा परिणत भएको अहिले २५ बर्ष पुगेछ । जिन्दगीको अढाई दशकमा २ छोरी र ४ कोठाको घर छ । जीवन २ बीस ५ बर्ष भैयो । यो उमेरमा यत्तिका प्रगति मध्यम प्रगति मान्नु पर्छ ।


कथा– १
उ बेला हाम्रा बा नैनसिङ राना (राना हल्दार) गाउको प्रहरी चौकिको असैको कठाला समात्न सक्ने हक्की, निडर, बहादुर भनेर कोहलपुर,नौबस्ता चिसापानी तिर फेमस थे । भारतीय सेनाको रिटायड २/४ युद्द लडेका तालिममा अमेरिका समेत पुगेका बक्सिङको खेलाडी थे पल्टनमा । २/४ थान बन्दुक घरमा राखेर सिकार खेल्नु, पन्चायतको पन्च, माननीयसग उठबस र खानपिन गर्नु बा को दैनिकी थियो । केटा भेटे साला, भान्जा ,भदै अनि केटि लाई साली ,भान्जी, भदैनी साईनो लगाउने पल्टने बानी भएका रसिक ।आफू पड्न नसकेको भारतको गुलामी भएको कुरामा दुख थियो । छोराछोरी पढुन भन्ने ईच्छा थियो। तराई मा भए छोराछोरी ले पढ्लान अबसर पाउलान मैले जस्तो दुख नपाउन भनी रिटायड जीवन मा आफ्नो थात थलो नौमुले दैलेख न फर्की बा ले मदेश मै जग्गा किने । गाउमा बिद्मालय खोल्न चन्दा दिए ।जग्गा खोजे । पन्चायत सग राम्रो सम्बन्ध भएको कारण स्वीकृती पनि लिए तर हामिले माबी तह सम्म पढेनौ
घरमा पल्टनको झै शासन थियो । काम बिगारे १०१ पटक उठबस । ५० पटक पुस अप । कुदेर पोल छोएर आउन पर्ने । दाईको टाउको माथी भोगटे राखेर १ ईन्छ बारुद भरेर भाईलाई बन्दुक पड्काउन लगाउने । बरुद लागेर दाइ ढल्ने बन्दुक को कुन्दाको प्रेसर म ढल्ने । काम बिगारे अनेक पीडा दिने गर्दथे ।
आमा ब्यबहार मा बाठी बाउको कहर खप्न न परोस भने उमेर भए पछि छोराहरु लाई भारत पठाई दिईन ।पहिला जेठा अनि माईला हुँदै म गए ।
कथा – २
बैशमा झिल्के हुने नै भैयो साईकल चड्ने नेपालगन्ज फिलिम हेर्न बार बार आईरहने । घुमी रहने खालको थे म।
भारत तिर जाने ६ महिनाको बात आउने । भारु पैसा ल्याउने २र४ महिना बस्यो फेरि उतै रमाना हुने । बा को पेन्सन । खान पुग्ने जग्गा । घर आउदा साईकल टेपरेकड आदि ल्याउने गाउमा लाहुरेको छोरा मान भाउ अर्कै थियो । खजुरा सम्म गाउमा कतै बिबाह पुजा भयो कि नाच हेर्न पुगि हाल्ने बानी थियो ।
एक दिन गाउमा सुर्खेत तिरबाट मगर केटि गाउमा आकि छ्न भन्ने हल्ला चल्यो ।अब के चाहियो गाउका हिरोहरुले सुचना पाईहाले हेर्न पनि पुगे । छिमेकि को भदैनी रहिछिन । अलि लजालु, कम बोल्ने । २/४ दिन फुपुको मा बस्न आको रे पछि नेपालगन्ज जाने रे सबै सुचना थाहा पाई हाले । अब मेरो छिमेकिको घरमा बाक्लै आउजाउ हुन थाल्यो। बोल्ने बहाना बनाउन थाले । केटि अन्तर्मुखी स्वाभाबको भएकाले जोडबल चलेन ।
उ बेला सवारी साधन कम थियो । साईकल हुने गाउमा ठुलै मान्छे हुनै नै भो । भदैनी नेपालगन्ज पुर्याउन पर्ने भो छिमेकी ले सहायता मागे । अब बल्ल चौका लगाए। खोजे को जस्तो सोचे जस्तो भो ।
म नेपालगन्ज पुर्याउन तयार भएँ !!

उनै मन्दाकिनिको पोस्ट कार्ड पठाउन थालें चिठिमा । एकसाल बाद आएँ । शान्ती शाक्य लज अगाडि भेट्ने कुरा भो । भारतिय अत्तर दलेका मगमग बास्ना छर्दै भेट्न पुगें


साईकलको यात्रा २र३ घन्टाको बाटोमा फिलिमका गफ देखि भारत का गुजरात बम्बै शहर रेल गाडी सबैको कुरा बाटामा गर्न भ्याए । हाईफाई गफ , रमाईलो मान्छे । सुर्खेत बाट झरेकी सोझी १७ बर्ष कि केटि मेरो गफमा मख्ख परिन् ।
केही दिन पछि म फेरि भारत गए । उता बाट चिट्ठी लेख्न थाले फिलिमी शैलिमा । उ बेला भारतिय फिलिमको प्रभाब थिदै थियो । आफ्नी मायालुलाई मन्दाकिनि सग दाज्न थाले । उ बेला मन्दाकिनी चल्तिकी हिरोईन थिईन । राम तेरि गङा मैलि फिलिम रिलिज भएको ताकाको समय थियो । एक छ्त्र सुन साईबा सुन प्यार का धुन गित बज्दथ्यो । एउटा दुर्गम पहाडको टुहुरि केटि शहरिया खानदानी कलेजबाट घुम्न आएको केटाको प्रेममा पर्छिन । ठाम ठेगाना थाहा नभएको गर्भवती समेत भएको खोज्दै शहर मा पुगेर आफ्नो प्रेमी भेटेको दर्दनाक उ बेलाको कथा छ फिलिम मा । उनै मन्दाकिनिको पोस्ट कार्ड पठाउन थाले चिठिमा । एकसाल बाद आएँ । शान्ती शाक्य लज अगाडि भेट्ने कुरा भो । भारतिय अत्तर दलेका मग मग बास्ना छर्दै भेट्न पुगें । लर्के कपाल अजय देब गण स्टायलमा पालेको घाँटी सम्म । उ बेला जिन्सको पेन्ट जिन्सकै ज्याकेट लगाएर थे । केटिले सिलाईकटाई सिक्दै गरेको समयमा पुग्न पर्ने बताईन पछि ४ बजे सम्म नै पर्खे ।अनि प्रस्ताब राखे । उनले स्विकारिन्न । घरको जेठि छोरी । बैनिहरु साना छन आमा लाई सहयोग गर्नु पर्छ हुन्न भनेर ईन्कार गरिन । भारत घुमेका फिलिमका अनेक चटक देखेको मैले फिलिम शैलिमा घुर्क्याए। बिलेट ले नारी काट्छु आदि भनेर धम्काए । २र४ भेटमा नाई नास्ती गरे पनि कुनै दिन बिबाह गर्नै पर्छ यति जिद्दी गर्यो ल न त भनेर भागी बिबाह भयो ।
कथा–३
२०५२ सालको दशैको बेला थियो हामी भागेर दिदी को घरमा गयौ । दशै पुर्णिामा को दिन हाम्रोबिबाह भयो । यहि साईतमा रानाको घरको साईली बुहारी भएर भित्रीए । बाल मस्तिष्क छ्दै थियो म भर्खर १७ बर्ष को थे । २र४ महिना श्रीमानको साथ रमाइलो सग बित्यो । केही महिना बसेर मेरा श्रीमान कमाउन भारत गए । घर मा ४ जना बुहारी भै सकेका थियौ । चार सस्कार बाट आएको हामी मिल्ने कुरै भएन । हातमा चुराबबढी भए बच्छ भने झै आईमाई धेरै घरमा भए पछि नबज्ने कुरै भएन ।म देहरादुन मा जन्मेको हुर्केको सुर्खेत आउदा समेत केटा जस्तो कपाल काटेर पाईन्ट लगाएर हिन्ने गर्दथे ।सानो देखि खास घरयासी काम नगरेको मान्छे कामको बिषय मा भनाभन भै रहने ।घाँस दाउरा ग्वाला जान पर्ने ।यश अघि कहिले नगरेको काम सकस हुने नै भयो । बिस्तारै सिक्दै गए । ठुली जेठानी गुरुङ्को छोरी थिईन । गित गाउन सिपालु । जेठाजु पनि त्यो बेला गित गाउने । रेडियो नेपालको रास्ट्रीय दोहोरी गित प्रतियोगिता मा बाके बाट भाग लिएर आउदा प्रेम परेपछी बिबाह भएको रहेछ । २ साल भो क्यान्सरको कारण बित्नु भो । मैले सके जति सेवा गरे । साईली मेरो छोरी हेर्दिनु आमाको भुमिका तिमिले निभाउनु भनेर जानू भो ।आफ्नै दिदि झै सबै काम सिकाईन । म श्रीमान बिना बस्दा समेत सम्झाईन माया दिईन । आमा साथी सबैको भुमिका निभाईन ।
यता ससुरा बा मा केहि परिबर्तन थे न ।बिहानै रक्सी खाने । गाउँ डुल्ने बानी छ्दै थियो ।
सिपाही लाई गाली गरे झै आधा अङ्ग्रेजी आधा हिन्दिमा गाली गर्ने । साला तिमिहरुको ूकोअर्डिनेसनू मिलेको छैन अर्डरमा चल भन्ने तर छोराहरू लाई जस्तो दण्ड भने दिनु भएन ।
तेहि बर्ष जेठी छोरी जन्मी । गाउको जिन्दगी चलेकै थियो । समय समयमा श्रीमान आउथे नत्र पैसा पठाउने गरि रहे । तेस्रो बर्समा कान्छी छोरी जन्मी अब भारत नजाने यतै केही गर्ने कुरा भो
भारत मै सिकेको होटल ब्याबस्थापन र कुकिङ को सीप ले नेपालगन्ज मा अमेरिकी नागरिक ले चलाएको होटेल मा श्रीमानले म्यानजर को जागिर पाए ।२ छोरी लाई राम्रो शिक्षा दिए । अहिले जिवनको ४० दुबैले पार गर्दा छोरी हरु बिए पड्ने भए ।
कथा–४
नेपालबाट भारतको गुजरात पुगेका काम गर्न लाई गाउँ कै मामा पर्ने ले राधाकृष्ण हस्पिटालिटी कम्पनी मा जागीर लगाई दिए । लाहुरे को छोरा घुमेर खाको शुरुमै भाडा माझ्न लगायो । नगरे के गर्ने घर छोडेर आको । रिसले मुर्मुरिदै माझे । झाडु पोछा दले । गाउमा देखिए को जस्तो मामा को रुप त्यहा देखिएन । मामा शकुनि पारामा खडा भए ।गाली गर्ने पेल्ले तिर लागे ।देशी गाली गर्न लागे ।घरमा बा यता मामा को पेलान परे ।
एक दिन बिहान अफिसमा मालिक कृष्ण नायरको टेवलमा फोन बज्यो कसैले अग्रेजिमा मालिक लाई सोध्यो । मालिक दक्षिण भारतका थे । कम्पनी लेयश आर स्टिल र रिलायन्स ग्रुपको लेवर लगायत हजार कर्मचारीलाई खाना खुवाउथ्थो ।
मैलेअङ्ग्रेजी मै मालिक नभएको बताई दिए त्यो कुनै साउको साथिको फोन थियो । कुनै समय दुई जना कुरा हुदा कसैले मालिक नभएको बतायो भन्ने कुरा भएछ । मालिक छक्क परे अङ्ग्रेजी बुझ्ने त मेरोअफिस कोहि छैन कसले भन्यो भनी सोधपुछ गर्दा सानो नया आएको नेपाली केटा भन्ने पत्ता लाग्यो । मालिक ले बोलएर सोध्यो । अलिअलि जानेको थाहा पायो । यो केटा भबिस्यमा काम लाग्छ भनी एक जना टिचर खोजेर मलाई अङ्ग्रेजी भाशा सिकाई दियो । तुरुन्तै सक्ने क्षमता भएको म ६ महिनामा भाशा जाने । अब दोहोरै कुरा जान्ने भए अङ्ग्रेजी हिन्दी सबै भाशा जाने मालिक ले साहयक मेनेजर बनाई दियो । अब मामा लाई तनाब हिजो मैले काम लगाई दिएको मानिस आज मलाई अर्याउने भो भनेर ।
क्षमतालाई कसले रोक्न सक्थ्यो पछि म्यानजर बने त्यो गुजरातकै ठूलो हस्पिटालिटी कम्पनी
थियो । एकै पटक हजारौं मानिसलाई खान खुवाउने क्षमता थियो ।
कथा – ५
अब २ छोरी पढाउने बेला भाको छ । सधै भारत बसेर पनि भएन । जागिरको हिसाबले राम्रो भए पनि केटाकेटी को लागि त्याग्ने निर्णय गरे ।नेपालगन्ज को होटेल मा जागिर खोज्दै हिडे । कतै पाईएन । माओबादी जनयुद्द शुरु भै सकेको थियो । बन्द ले गर्दा ब्यबसाय मन्द भै सकेको थियो । कसैले भन्यो एउटा बिदेशी महिलाले होटल खोलेको छ त्यहा हुन सक्छ । तर टिक्न गारो छ । खोज्दै बुढा बुढी नै गयौ । भित्र गएर सोधे । कसैले बोलाई दियो । मोटि चुरोट को बट्टा र लाईटर हातमा बोकेकी पातलो हाप पाईन्ट र टि सट लगाएको एक अध बैसे कुईरिनी बाहिर आई । पहिलै पटक थर्काउने कुरा गरि । ठुला ठुला कुरा । होटेलको खाना को विभिन्न कुरा सुनाउन लागि। योजना माथी योजना बताई । उसलाई खाना को ज्ञान पनि भएको । मार्केटिङ जान्ने । ब्यबस्थापन जान्ने ।एकै मानिसमा १० जनाको गुण भएको कामदार चाहिएको रहेछ । यश अघि २र४ जना टिक्न नसकेर छोड्को रछ । अब मेरो परीक्षा हुने भयो। । मै ठग्ता सारा दिल्ली मुझको ठग्ता है घरका बिल्ली ! उसको कुरा सुने पछि मैले धाराप्रबाह होटेल ब्याबस्थापन र खानाको कुरा सुनाए । मार्केटिङ योजना बताए पछि उ प्रभावित भै । जागिर हुने भो । खुसी हुँदै घर फर्क्यौ । केही दिन पछि स परिवार नेपालगन्ज आयौ ।
तर होटेल चलेन । मान्छे कोहि न आउने । खाली खाली महिनौ भयो होटेल । तलब खुवाउन गारो हुन लाग्यो । साउनी को लोन रहेछ एनाईडिसिको त्यो तिर्न गारो भो । होटेल डुब्ने अबस्था मा पुग्यो । ब्याज किस्ता तिर्न नसकेर होटेल रेड लिस्ट मा पुग्यो। कहाँ आरामले महिनामा तलब पाएको जागिर कहाँ कमाएर खान पर्ने भो । अब भालुको कन्पट भो । साउनी रुन थालिन अब तेरै भर छ के गर्छस भन्न लागिन । एउटा बिदेशी नेपालमा ५२ लाख लगानी गरेको छ महिला को त्यो अबस्था हेरेर बस्न पनि सकिन । नया रणनीति बनाए मार्केटिङ मा काठमाडौ निस्के ।
त्यो बेला सम्म द्वन्द चरम अबस्था पुगेको थियो । अब के गर्ने भारत नै जाने कि जस्तो समेत भै सकेको थियो । तेहि बेला शान्ती प्रक्रिया को लागि भनेर अनमिन आयो ।बिदेशी को होटेल भने पछि नचल्ने कुरै भएन सबै बिदेशिको रोजाई मा पर्यो ।अनमिनको व्यापार हातमा लिए । अरु सङ सस्था वल्ड बैक युरोपियन युनियन अमेरिकी अम्बेसी सबैलाई व्यापार मागे । काठमाडौ बसे २ हप्ता सबै एजेन्सी मा मार्केटिङ गरे।
अब होटेल गज्जाबले चल्यो । साउनी खुशी भैइन । समयमा तलब पाईन थाल्यो । सर्भिस चार्ज नेपालगन्ज पहिलो पटक हामिले लियौ । यसै बिच माओबादी ले चन्दा मागेर होटेल बन्द गराई दिए । यो क्रममा मेरो देशकै ठुला मानव अधिकार कर्मी सग चिनजान भै सकेको थियो । सबै सग भनसुन गराएर २ हप्ता पछि होटेल खोले ।
साउनी को लोन २ बर्समा तिरे सके । अब साउनी पनि खुसी । व्यापार सफल भए पछि एउटा म्यानेजर हुनुको नाताले म पनि खुसी थे । आफ्नै मेनु भएको घर जस्तो सबैको रोजाईको होटेल बन्यो ।
कथा –६
शान्तिबार्ता नेपालगन्जमा हुने भो । माओवादी को तर्फबाट डाक्टर बाबुराम भट्टराई सयोजक भए । सरकारको तर्फ बाट कमल थापा उ बेला गृहमन्त्री थे उनै सयोजक बनेर बार्ता हुने भो । बार्ता हुनु अघि युद्द बिराम भएको थियो । माओवादी अब खुलेआम भेटघाट गर्न थालेको थे । नेपालगन्जले सन्सारभरीको मिडियाको ध्यान तानेको थियो । बिबिसी सिएनएन अलजजिरा लगायत नेपालको सबै आए ।
बार्ता सफल बनाउन नागरिक समाजको तर्फबाट त्यो बेला गैरसरकारी सस्था महासङ्हको अध्यक्ष अहिलेको अमेरिकी राजदूत डाक्टर अर्जुन कार्की, हाम्रै होटेलमा बस्नु भएको थियो । बार्ता असफल भए पछि दाङको हापुरेमा बार्ता बस्ने भनी दुबै टोलि उठेछ्न । बाबुराम भट्टराई भने अर्जुन कार्की भेट्न हाम्रै होटेल आउनु भो । पहिला माओबादी सुरक्षागार्ड आए पछि भट्टराई आउनु भो । हाम्रै होटेलबाट हापुरे जानू भो साझ बार्ता असफल भो । बार्हिरको मानिस र प्रशासनको नजरमा त्यस पछि म माओबादी ठानिएँ । हाम्रो साउनी माओबादी सग सार्है प्रभावित भइन् । उनको मुद्दा जनताको पक्षमा भएको अब बिकाश हुन्छ । अघिल्ला सरकारले केही गरेन भनेर ०६४ सालको चुनाबमा माओबादिलाई भोट हालिन् ।
कथा – ७
होटेलको वरिपरि एउटा सर्प (साँप) देखिन्थ्यो । प्रायस् जाडो महिनामा घुम्न आउथ्यो । होटेलको लक्षिन भनेर कसैले केही गर्दैन थे । यो देखिन लागेको ४/५ वर्ष जति भएको थियो । एक दिन सपेराले समातेछ । म होटेल भित्र काम गरेर कसेको थिएँ वेटरले सर्प समातेर मणि निकालेर लग्यो भन्यो । म जादा सर्प झोलामा हाली सकेको हातमा रातो लाल गेडि भन्दा अलि ठूलो पत्थर समातेर बसेको । म झस्के के यो मणि नै हो त । मैले मेरो साथी सुरेन्द्र कार्कीलाई फोन गरेर बोलाएँ । उनले एक जना ज्योतिषी पनि ल्याएँ । धार्मिक स्वाभाबको उनको तान्त्रिक ज्योतिष सग धेरै उठबस थियो । यो बीच मा सपेरा र मेरो झगडा भै सक्यो । मैले मेरो हो दे भन्ने उ मैले निकालेको भन्ने। बिबादको बीच ज्योतिष र कार्की जि आईपुगे अब म दरो भै सकेको थे । सबैले उसलाई फिर्ता माग्न लागौ तर दे न । प्रहरी बोलाउ दुई नम्बरी काम । लोभले लाप लापले बिलाप भने झै उसले १ लाख ५० हजार माग्यो । हामी दिन न सक्ने । बिस्तारै घट्यो । ज्योतिसले ओरिजिलन नै हो भनेर ठोकुवा गरे । करोड कमाउने चक्करमा ४८ हजारमा दिईने भैयो । २० हजार जति म सग थियो उनै कार्की एटियम घोट्न कुदे । तेलमा हालेर राख्ने तेल खान्छ उसैले सिकाएर गयो । बिहान बेलुका धुप बाल्नु भन्यो । दैनिक बालियो । २/४ दिन पछि सुक्न थाल्यो । सुनार साथीहरुलाई बोलाएर देखाएको चिनेन्न ।
करोड कमाउने सपना तुहियो । कार्कीको ज्योतिष मित्रले पनि सहि सल्लाह दिएन्न । काठमाडौ गए । न्युरोडमा एक हिरा ब्यापारीलाई सोधे । नागमणि नक्कली निस्कियो ।

प्रतिक्रिया

प्रतिक्रिया