बाँकेमा कोरोनाः आज थपिए ४२ संक्रमित

बाँकेमा कोरोना संक्रमणले तिब्रता लिएको छ । त्यसक्रममा आज शनिवारमात्रै ४२ जना थप संक्रमित पुष्टि भएको हो । योसँगै ५५२ जना सक्रिय संक्रमितको उपचार विभिन्न आइसोलेसनमा भएको छ । आजनै भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ९५ जना संक्रमित पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् ।
कोरोना संक्रमण भइ निको हुनेको संख्या पनि थपिएको छ । बाँकेमा शनिबार ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आइसोलेसनमा रहेका २६, होटल सिटी प्यालेस आइसोलेसनका ३ र न्यू इन्द्रेणी होटल आइसोलेसनका२ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा १६ महिला र १५ पुरुष छन् । योसँगै बाँके जिल्लामा कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार ७ सय ९३ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया